सरकारी निर्देशन उल्लङ्घन गर्दै प्रार्थना (फोटोफिचर)
शुक्रबार, ०७ चैत २०७६, १८ : ०२
काठमाडौँ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न निर्णय गरे पनि त्यसको पालनामा सर्वसाधारण नागरिक नै जिम्मेवार देखिएका छैनन् ।
सरकारले कोरोना संक्रमण फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै ठूला सभा–सम्मेलन तथा भोजभतेर नगर्न, २५ जनाभन्दा बढी मानिस भेला नहुन तथा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आह्वान गरे पनि त्यसको पालनामा उदासिनता देखिएको हो ।
शुक्रबार राजधानीको घण्टाघरस्थित जामे मस्जिदमा प्रार्थना गर्न सयौँको संख्यामा मुस्लिम धर्मावलम्बी भेला भए ।
मस्जिदमा आएकामध्ये केहीले मास्क लगाएका थिए भने केही मास्कबिना नै सहभागी भएका थिए ।
पछिल्लो समय सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विशेष निर्णयहरु गर्दै आएको छ । यद्यपि सर्वसाधारणले सरकारका निर्देशन पालना नगर्दा संक्रमणको जोखिम बढ्ने विज्ञहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित