शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

शुक्रबार, ०७ चैत २०७६, १७ : ४०
शुक्रबार, ०७ चैत २०७६

काठमाडौँ । फागुन २८ गते इलामको फाकथोकथुम गाउँपालिका–५ मा हत्या गरिएको अवस्थामा एक दम्पतीको शव भेटियो । अनुसन्धानको क्रममा श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका डएिसपी हेमन्त भण्डारीका अनुसार खुकुरी प्रहारबाट श्रीमतीको हत्या गरी त्यही खुकुरीले आफ्नो घाँटी रेटेर श्रीमानले आत्महत्या गरेको हुनसक्ने आशंका छ ।

लुम्देको कैंजलेका ३३ वर्षीय धनबहादुर खपांगी र ३५ वर्षीया श्रीमती रीताको शव आफ्नै घरको सिकुवामा भेटिएको थियो । श्रीमतीको टाउको श्रीमानतिर र श्रीमानको टाउको श्रीमतीतिर लडेको अवस्थामा शव भेटिएको थियो ।

घटनास्थलमा ‘खुकुरीको दाप धनबहादुरको कम्मरमा भिरिएको छ । रीताको गर्धनमा खुकुरीले हानिएको छ । धनबहादुरको घाँटीमा तलपट्टिबाट ३ पटक रेटिएको घाउ देखिन्छ,’ डीएसपी भण्डारीले भने, ‘घटनास्थल र शवको प्रकृति हेर्दा धनबहादुरले नै रीताको हत्या गरी आफूले हत्या गरेजस्तो देखिन्छ ।’

दुवैको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञानमा पोस्टमार्टम गरिएको छ ।

प्रहरीले ‘धनबहादुरले लेखेको’ सुसाइड नोट समेत फेला पारेको छ । सुसाइड नोटमा धनबहादुरले छोरा–छोरीलाई सम्बोधन गरेका छन् । ‘मैले तिमीहरूलाई केही दिन सकिनँ, राम्रोसँग गरिखानू’ सुसाइड नोटमा धनबहादुरले लेखेका छन् ।

धनबहादुर र रीताका १३ र १४ वर्षका २ छोरा तथा ९ वर्षकी छोरी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप