शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ बारे सरकारलाई प्रश्न !

शुक्रबार, ०७ चैत २०७६, १५ : ५२
शुक्रबार, ०७ चैत २०७६

कोरोनाभाइरसको महामारी रोकथामका लागि भारतसँग पर्याप्त तयारी गर्ने समय थियो । चीनले कोभिड–१९ भाइरसको पहिलो घटनाबारे ३१ डिसेम्बरमा विश्व स्वास्थ्य संगठनलाई जानकारी दिएको थियो । भारतमा जनवरी ३० मा पहिलो संक्रमित भेटिए ।

त्यसयता, भारत सरकारले बारम्बार आफ्नो स्वास्थ्य प्रणालीको मुल्याङ्कन गर्दै सृदृढ बनाउन सबै उपाय अबलम्बन गरिएको दाबी गर्दै आएको छ । तर रोकथाममा ढिलाइ भइसकेको छ, आइतबार भारतमा ‘लकडाउन’ हुँदैछ  । नेपालको सन्दर्भमा पनि अत्यन्त मिल्दोजुल्दो र सान्दर्भिक हुने भारत सरकारलाई त्यहाँका स्वास्थ्य पत्रकारहरुले सोधका प्रश्न यस्ता छन् :

स्वास्थ्य सूची

के स्वास्थ्य मन्त्रालयले देशभर कति डाक्टर, नर्स, भेन्टिलेटर र इन्टेन्सिभ केयर युनिट उपलब्ध छन् भनेर गणना गरेको छ ? यदि छ भने अन्य देशले जसरी सर्वसाधारणलाई ढुक्क बनाउने गरी यो सूचना अनलाइनमा किन उपलब्ध गराउँदैन ?

निजी अस्पताल

कोभिड–१९ को उपचारका लागि तयार अवस्थामा सार्वजनिक र निजी अस्पतालमा कतिवटा बेड र भेन्टिलेटर छन् ? के निजी अस्पतालले बिरामीलाई सित्तैमा उपचार गरिदिन्छ, जस्तो स्पेनमा भएको छ ?

उपचारको पहुँच

कोभिड–१९ को संक्रमण भेटिएका बिरामीलाई अस्पतालले नमानेको उपचार गर्न खबर पनि आइरहेको छ । परीक्षण, डायग्नोस्टिक स्याम्पलिङ, संक्रमितलाई भर्ना लिने र अन्यत्र रिफर गर्ने क्रममा सरकारी र निजी अस्पताललाई कस्तो निर्देशिका दिइएको छ ? के कुनै अस्पतालले कोभिड–१९ को शंकास्पद बिरामीलाई पूर्वाधार कम भएको भन्दै उपचार गर्न अस्वीकार गर्नसक्छ ?

स्वास्थ्यकर्मीको सुरक्षा

के सरकारसँग स्वास्थ्यकर्मीका लागि पर्याप्त सुरक्षा उपकरण छन् ? के आइशोलेसन वार्डमा काम गर्नेहरुको नियमित ‘कोभिड–१९’ परीक्षण भइरहेको छ ? किन सरकारले कोभिड–१९ को उपचारमा संलग्न डाक्टर र नर्सको परीक्षण गर्नेगरी मापदण्ड बिस्तार गरेको छैन ?

अस्पतालसम्म यातायत

सरकारले आइतबार देशभर लकडाउन गर्दैछ । यदी यस्तो लकडाउन निरन्तर भयो भने कसरी कोभिड–१९ र अन्य बिरामीले अस्पताल आवतजावत गर्छन् ? कसरीहरु अस्पतालहरुमा अत्यावश्यक सामाग्री पु¥याइएने छ ?

मेडिकल र उपकरण

महामारीपछि विश्वव्यापी आयात–निर्यात प्रभावित भइरहेको छ, भारतमा औषधी र मेडिकल उपकरणको संकट निम्तदैन भनेर विश्वस्त गराउन सरकारले निर्यात रोक्नेबाहेक अरु के गरेको छ ?

एचआईभी ड्रगको उपलब्धता

कोभिड–१९ को उपचारका लागि प्रयोग गर्न स्विकृत भएसँगै एन्टिरेट्रोभाइरल ड्रग्स अभाव हुने सङ्केत देखिएको छ । यसले एचआईभीका बिरामीलाई असर गर्नसक्छ । यस्तो अवस्था आउन नदिन स्वास्थ्य मन्त्रालयसँग कुनै योजना छ कि छैन ।

अन्य रोग

टिबी र क्यान्सरजस्ता प्राणघातक रोगको उपचार प्रक्रिया रोकिने छैन भने विश्वस्त गराउन स्वास्थ्य मन्त्रालयसँग कुनै योजना छ ? यदी छ भने, कस्तो योजना छ ?

सूचना प्रवाह

२८ राज्य र ८ युनियन टेरोरिटीअन्तर्गतका प्रत्येक जिल्लामा कोभिड–१९ को परीक्षण, संक्रमित, भर्ना भएका बिरामी, उनीहरुलाई राखिएको इन्टेन्सिभ केयर र उपचार प्रक्रिया, सफल उपचार, डिस्चार्ज वा मृत्युबारे विस्तृत जानकारी उपलब्ध गराउने कुनै प्रणाली छ ? यदी छैन भने त्यस्तो प्रणाली अहिलेबाट सञ्चालनमा आउँछ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप