कर्णाली ‘हेल्थ डेस्क’मा ४२ हजारको परीक्षण
सुर्खेत । नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले छ स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ । कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकामा हेल्थ डेस्क स्थापना भएको स्वास्थ्य निर्देनालयले जनाएको छ । अन्य क्षेत्रमा पनि हेल्थ डेस्क स्थापनाको काम भइरहेको बताइएको छ ।
अहिलेसम्म हेल्थ डेस्कमा ४२ हजार ३०० को स्वास्थ्य परीक्षण गरिएको निर्देशनालयका सूचना अधिकारी लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार परीक्षण भएकामध्ये ८० मा १००।४ डिग्री ज्वरो आएको पाइएको छ । ज्वरो देखिएकालाई घरमा सर्तक भएर बस्न आग्रह गरिएको उनले बताए । उनीहरुलाई मौसमी रुघाखोकी र ज्वरोबाहेक अन्य समस्या नदेखिएको उनले बताए ।
भट्टराईका अनुसार सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर प्रदेश सरकार र स्थानीय तहले प्रवेश गर्ने नाकामा हेल्थ डेस्क स्थापनाको कामलाई तीव्रता दिइएको हो । त्यसैगरी सङ्क्रमणबाट जोगिन प्रचारप्रसारका कामलाई पनि तीव्रता दिइएको छ ।
प्रदेश सरकारले सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई, पञ्चपुरीको जामुलगायतका स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । यसैगरी सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्थानीय तहले पनि हेल्थ डेस्क स्थापना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत