शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्भयाका दोषीलाई फाँसी दिएपछि बलिउड सेलिब्रिटीको प्रतिक्रियाः भने, ‘न्याय पाइयो’

शुक्रबार, ०७ चैत २०७६, १० : ५४
शुक्रबार, ०७ चैत २०७६

८ वर्षपछि निर्भयाले न्याय पाएकी छिन् । निर्भयाका चारै दोषीलाई शुक्रबार बिहानै साढै ५ बजे तिहाड जेलमा मृत्युदण्ड दिइएको छ । यसका कारण भारतभरी खुसीको लहर छ र निर्भयाकी आमाले सन्तुष्टि पाएकी छिन् । निर्भयाका आन्दोलनका बेला बलिउडका थुप्रै हस्तीले आफ्नो आवाज उठाएका थिए । अब निर्भयाका दोषीले फाँसीको सजाय पाएपछि बलिउडमार्फत् पनि प्रतिक्रिया आइरहेको छ ।

सुष्मिता सेनको प्रतिक्रियाः

नायिका सुष्मिता सेनले ट्वीट गरेर निर्भयाकी आमा आशा देवीको तारिफ गरेकी छिन् । उनले यसलाई न्यायको जीत बताएकी छिन् । उनले ट्वीटरमार्फत् भनेकी छिन्, ‘आमाको धैर्य र सहनशीलताले न्याय पाएको छ । अन्तिममा न्याय पाइयो ।’

रितेश देशमुखको प्रतिक्रियाः

नायक रितेश देशमुखले आफ्नो खुसी व्यक्त गरेका छन् । उनले लेखे, ‘निर्भयाका आमाबुवा, उनका साथीहरुलाई यतिबेला सम्झन चाहन्छु । समय पक्कै लागेको छ तर न्याय भयो ।’

तापसी पन्नूको प्रतिक्रियाः

हरेक मुद्दामा निर्धक्क भएर बोल्ने तापसी पन्नूको पनि प्रतिक्रिया आएको छ । उनले लेखेकी छिन्, ‘अब निर्भयाकी आमा र उनको परिवारले आनन्दको निद्रा सुत्न पाउनेछन् । यो निकै लामो र संघर्षपूर्ण लडाईं रह्यो ।’

यस्तै प्रिति जिन्टाले पनि ट्वीटरमा लेखेकी छिन्, ‘यदि निर्भयाका बलात्कारीलाई सन् २०१२ मा मृत्युदण्ड दिएको भए देशमा आपराधिक क्रियाकलापमा निकै कमी आउँथ्यो । उपचारभन्दा रोकथाम नै राम्रो हो । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप