केन्द्रीय संस्करण

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन बन्द

person explore access_timeचैत ६, २०७६ chat_bubble_outline0

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित रहन मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले पनि चैत मसान्तसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले नेपाल सरकारको कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनबमोजिम चैत मसान्तसम्म क्याम्पसको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
 
विश्वविद्यालय केन्द्रीय कार्यालयका अधिकृत दिनेश गौतमले आजदेखि लागू हुने गरी विश्वविद्यालयअन्तर्गतका क्याम्पसको पठनपाठन, परीक्षालगायतका कार्यक्रम बन्द गरिएको जानकारी दिए । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयका विभिन्न सङ्कायका केन्द्रीय क्याम्पसका साथै १० आङ्गिक क्याम्पस छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...