सशस्त्र प्रहरीको टोलीद्वारा भरुवा बन्दुक ४७ वटा गोलीसहित दुईजना पक्राउ
बर्दिया । बर्दिया जिल्लाको मधुवन नगरपालिका ७ स्थित गंगा बस्तीबाट चैत्र ५ गत सशस्त्र प्रहरी (एपीएफ)को टोलीले एक नाल भरुवा बन्दुक, सोको गोली ४७ वटा, केप ८ वटा, बारुद दुई सय ५० ग्राम र २६ पिस छर्रासहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मधुवन नगरपालिका बस्ने ५० वर्षिय लिलबहादुर कुवँर र सोही नगरपालिका ९ बस्ने ३६ वर्षिय दिलबहादुर चौधरी छन् ।
बाटोमा लुकिछिपि बसेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट धनौराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त भरुवा बन्दुक, गोली, केप, बारुद र छर्रा फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसबेला उनीहरुको साथबाट एउटा खुकुरी, एउटा बन्चरो, एउटा चक्कु, एउटा मोवाईल र एक थान साईकल समेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद सामानसहित आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाएको छ ।
यसैबीच धनुषा जिल्लाको बिदेह नगरपालिका ९ कमलारपट्टिबाट सशस्त्र प्रहरीको टोलीले करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री