शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनताको घरघरमा छापा मार्न सकिँदैन, जनता आफै जिम्मेवार हुनुपर्छ : उद्योगमन्त्री भट्ट

बिहीबार, ०६ चैत २०७६, १७ : ४६
बिहीबार, ०६ चैत २०७६

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपभोक्ताहरुकै कारण बजारमा केही समस्या देखिएको बताएका छन् । बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले कोरोनाको सन्त्रासले जनताहरुले आवश्यकता भन्दा बढी उपभोग्य बस्तु खरिद गर्ने र भण्डारण गर्ने कार्य गरेकाले बजारमा समस्या देखिएको बताए । 

यस्तो असहज परिस्थितिमा अभाव रोक्न जनताहरु आफै सचेत र जिम्मेवार हुनुपर्ने बताउँदै भट्टले सरकार जनताको घरघरमा गएर छापा मार्न नसक्ने बताए ।

‘अहिले बजारमा आपूर्तिको कुनै समस्या छैन । सबै सहज र सरल नै छन् । तर उपभोक्ताहरुको गल कार्यले गर्दा केही समस्या देखिन आएको छ । दुई तीन महिनालाई पुग्ने खाद्यान्न, पेट्रोलियम पदार्थ भण्डारण गर्दा समस्या आएको हो’ मन्त्री भट्टले भने, ‘सरकार जनताको घरघरमा गएर छापा मार्न सक्दैन । जनता आफै सचेत र जिम्मेवार बन्नुपर्छ ।’

कार्यक्रममा बोल्दै मन्त्री भट्टले अहिले सरकारसँग ४ देखि ६ महिनालाई पुग्ने खाद्यान्न, ८ महिनालाई पुग्ने औषधि, १० महिनालाई पुग्ने नुन र ३ महिनालाई पुग्ने चिनी मौजाद रहेको बताउँदै आत्तिहाल्नु नपर्ने बताए ।  
अहिले पेट्रोलियम पदार्थमा देखिएको समस्या पनि त्यस्तो ठूलो समस्या नभएको बताए । केहि पेट्रोल पप्पहरुमा सरकारी र निजी सवारीहरुको चाप लाग्ने हुँदा लाइन देखेर केहि समस्या भए जस्तो देखिएको तर त्यस्तो समस्या नभएको उनको भनाई छ ।

यता, ग्यासको सन्दर्भमा प्रतिमहिना २९ हजार मेट्रिक टन मात्र ग्यासको खपत हुने गरेकोमा सरकारले यही समयमा ४५ हजार मेट्रिक टन ग्यास आयात गरिसकेको बताए । 

ग्यासको विकल्पमा सरकारले जनतालाई विद्युतीय इन्डक्सन चुलो समेत प्रयोग गर्न प्रोत्सान गर्ने गरि कार्यक्रम संचालन गरिसकेको बताए ।

बजार अनुगमनको विषयमा प्रष्ट पार्दै मन्त्री भट्टले सरकारले वाणिज्य विभाग, निजी क्षेत्र उपभोक्ता हित संरक्षण सम्बध निकायहरुसँग मिलेर बजार अनुगमन गरिरहेको र बजार अनुगमनबाटै सरकारले चैत सम्ममा खराव काम गर्ने व्यवसायीहरुलाई ५६ लाख ३० हजार जरिवाना गरिसकिएको जानकारी दिए ।

बजारमा कुनै पनि समस्या आउन नदिन र कालोबजारी रोक्न सरकारले कालोबजारी ऐन तथा उपभोक्त हित ऐन कार्यान्वयनमा कडाई गर्ने जानकारी दिए । यस्तो कहिँ कतै भए–गरेको पाइएमा आफूले कडाभन्दा कडा कारबाही गर्ने समेत बताए । 

बजार अनुगमन उपत्यकामा मात्र केन्द्रित भयो भन्ने सन्दर्भमा मन्त्री भट्टले सरकारले उपत्यका बाहिर पनि अनुगमनलाई तिब्रता दिएको बताए । वाणिज्य विभागका कार्यालयहरु भएका क्षेत्रहरुमा र नभएका क्षेत्रहरुमा समेत सरकारले अनुगमनको काम अघि बढाइसकेको जानकारी दिए ।

अभाव र महंगीको विषयमा बोल्दै मन्त्री भट्टले हल्लाकाबीच सरकारले कालिमाली तरकारी बजारको अनुगमन गरेको र अनुगमन गर्दा कहि केहिमा पनि समस्या नभेटेको बताए । अनुगमन गर्दा सबै सरल र सामान्य तरिकाले नै चलेको आफूले भेटेको मन्त्री भट्टले बताए । मूल्यको विषयमा चिनियाँ स्याउ र लसुन बाहेक अरुको मूल्य सामान्य भेटिएको उनको भनाइ छ ।

यस्तो विसम पस्थितिमा हतोसाहित नभएर सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नु पर्ने मन्त्रीको भनाई छ । यसमा सामाजिक सञ्जाल र मिडियाहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने समेत मन्त्री भट्टको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप