बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पताल भर्ना भएका डा भट्टराईको स्वास्थ्य अवस्था सामान्य, आज डिस्चार्ज

बिहीबार, ०६ चैत २०७६, १३ : ०७
बिहीबार, ०६ चैत २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि भट्टराई बुधबार साँझ शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना भएका थिए ।  

समाजवादी पार्टीका केन्द्रीय सदस्य रोशन पोखरेलले भट्टराईको स्वास्थ्य परीक्षण गराउँदा सबै रिपोर्ट सामान्य आएकाले केहीबेरमा डिस्चार्जको तयारी भएको बिहीबार दिउँसो रातोपाटीलाई जानकारी दिए । 

‘गंगालालमा एन्जियोग्राफी गराउँदा सामान्य रहेको र उक्त परीक्षण पश्चात हस्पिटलमै आराम गर्दा राम्रो हुने चिकित्सकको राय अनुसार अस्पतालमै रहनु भएको हो’, उनले भने, ‘उहाँको केहीबेरमै डिस्चार्ज हुँदैछ । 

भट्टराई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ टोखास्थित निवासबाट गंगालाल पुगेका थिए । 

गंगालाल अस्पतालको बसाइको क्रममा उनले नेकपा नेता नारायणकाजी श्रेष्ठ समूहलाई लक्षित गरेर कडा ट्वीट गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप