शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१ लाख १२ हजार नक्कली नोटसहित दुई जना पक्राउ

बिहीबार, ०६ चैत २०७६, १२ : २१
बिहीबार, ०६ चैत २०७६

रामेछाप ।  १ लाख १२ हजार रुपैयाँ नक्कली नोटसहित रामेछाप प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका-१ चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका-२ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङ रहेका   छन् ।

उनीहरुले नक्कली नोट चल्तीमा ल्याएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खाँडादेवी र प्रहरी चौकी लुभुघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले तामाङको साथबाट १ हजार दरका २२ हजार रुपैयाँ र उनीहरुले विभिन्न पिडित व्यक्तिहरुलाई दिएको १ हजार दरका ९० हजार गरी १ लाख १२ हजार नक्कली नोट बरामद भएको जनाएको छ ।

साथै उनीहरुले जलाउदिन मियाँ अन्सारी नाम गरेका व्यक्तिसँग मिलेर गोरु किनेको रकम भुक्तानी गर्दा समेत नक्कली नोट प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको छ । हाल फरार अन्सारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप