केन्द्रीय संस्करण
अर्थ–वार्ता

‘मर्जरको अनुभवले खारिएका छौँ, २ मा २ जोड्दा २२ हुनेगरी सिनर्जी इफेक्ट ल्याउँछौँ’

अनुपमा खुञ्जेली, प्रमुख कार्यकारी अधिकृत, मेगा बैङ्क नेपाल लिमिटेड

person explore access_timeचैत ६, २०७६ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

डिसेम्बर २०१९ मा चीनको उहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड–१९)ले विश्व अर्थतन्त्रलाई गहिरो असर पारेको छ । यतिबेला कोभिड–१९ को असरलाई लिएर विश्वले चिन्ता व्यक्त गरिरहेको छ । एसियाली विकास बैङ्क (एडीबी)ले एक रिपोर्ट सार्वजनिक गर्दै विश्व अर्थतन्त्रको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा ०.४ प्रतिशतको क्षति पुग्ने र यसले एसियाली मुलुकको अर्थतन्त्रमा झन् बढी प्रभाव पार्ने प्रक्षेपण गरेको छ ।

कोरोनाको असर नेपालको अर्थतन्त्रमा पनि देखिएको छ । पर्यटन, होटल लगायतका क्षेत्रमा ठूलो असर परिरहँदा नेपालका बैङ्किङ क्षेत्रमा भने अहिलेसम्म खासै ठूलो असर देखिएको छैन । बैङ्कहरुले सङ्क्रमण फैलियो भने के गर्ने भनेर सतर्कता भने अपनाएका छन् । विशेष गरेर नोटबाट सङ्क्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बैङ्कहरुले विशेष सतर्कता अपनाउन थालेका छन् । 

नेपालका २७ वाणिज्य बैङ्कमध्येको एक हो ‘मेगा बैङ्क नेपाल’ । स्थापनाको ९ वर्षे अवधिमै यसले उत्कृष्ट बैङ्कको उपाधि हात पार्न सफल भयो भने सोही बैङ्ककी सीईओ अनुपमा खुञ्जेलीले उत्कृष्ट महिला व्यवस्थापकको उपाधि हात पारिन् । यतिबेला बैङ्क तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसनमा केन्द्रित भइरहेका छन् ।

गण्डकी विकास बैङ्कलाई एक्वायर गर्ने अन्तिम तयारीमा रहँदा मेगा बैङ्क अर्को ‘बिग मर्जर’को लागि पनि ढोका खुला गरेर बसेको छ । प्रस्तुत छ, गण्डकी विकास बैङ्कको एक्विजिसनका लागि मेगा बैङ्कको तयारी, ‘बिग मर्जर’को सम्भावना, बैङ्कको समग्र अवस्था र पछिल्लो समय प्राप्त गरेको एकपछि अर्को सफलता र बैङ्किङ क्षेत्रमा कोरोनाभाइरसको प्रभावमा केन्द्रित रही मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीसँग रातोपाटीका लागि टुना भट्टले गरेको अन्तर्वार्ता ।

–विश्व बजारमा कोरोनाभाइरसको गम्भीर असर देखिएको छ, नेपालको बैङ्किङ क्षेत्रमा यसले कतिको असर पारेको छ ?

कोरोनाभाइरसका कारण विश्वभर जुन खालको त्रासको अवस्था छ, त्यो यहाँ पनि छ । भलै अहिलेसम्म हामी सुरक्षित छौँ । प्रार्थना गरौँ, छिट्टै यो कहरको अन्त्य होस् र भाइरसमुक्त भएर विश्व पुनः सामान्य अवस्थामा फर्कियोस् ।

चिनियाँ अर्थतन्त्र विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । त्यहाँ असर पर्दा पूरै विश्वलाई नै असर पर्छ । चीनले विश्वलाई नै कच्चा पदार्थ तथा सरसामान निर्यात गर्दै आएको छ । चीनको अर्थतन्त्रमा असर पर्दा विश्वमा स्वतः पर्ने नै भयो । यसबाट हामी पनि अछुतो हुन सक्ने कुरै भएन । हाम्रो देश अनि हामी पूर्ण रूपमा दोस्रो तथा तेस्रो मुलुकमा निर्भर छौँ ।

हामीले आशा गरेको पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो धक्का लागेको छ । भ्रमण वर्ष २०२० सार्नुपर्ने अवस्थामा हामी पुग्नुपर्यो । पर्यटन क्षेत्रलाई देशको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण पिल्लर मानिएको थियो तर अहिले यो क्षेत्रलाई ठूलो मर्का परेको छ । राष्ट्र बैङ्कले पर्यटन क्षेत्रलाई साथ दिनका लागि विभिन्न कार्यक्रम ल्याएको थियो । देशले आशा गरेको क्षेत्रमै ठूलो धक्का लाग्यो । अहिले निर्माण कार्य बन्द छ । होटल व्यवसाय, पर्यटनलगायत सबै बन्द हुँदा हामीलाई पनि यसको असर स्वतः परिरहेको छ ।


बैङ्किङ क्षेत्र भनेको अपरिहार्य क्षेत्र हो । त्यसैले हामीले सेवालाई बन्द गर्न सक्दैनौँ । बरु कसरी सुरक्षित तवरले सेवा दिने भनेर हामी सतर्क हुनुपर्छ र विभिन्न सतर्कताको उपाय अपनाएका छौँ । नोटबाट पनि भाइरस सर्ने खतरा भएको कारण हामीले नोट चलाउने कर्मचारीलाई अनिवार्य पन्जा र मास्कको प्रयोग गर्न भनेका छौँ र यो सुविधा उपलब्ध पनि गराएका छौँ ।


यो क्षेत्रमा असर देखिएको खण्डमा राष्ट्र बैङ्कसँग मिलेर के गर्ने भन्नेबारे निर्णय गर्नेछौँ । सरकारले हामीलाई जसरी अगाडि बढ्नु भन्छ त्यहीअनुसार हामीले गर्नुपर्ने हुन्छ । बेलायत सरकारले बैङ्क अफ इङ्ल्यान्डमार्फत् राहत प्याकेज ल्याएर बैङ्किङ क्षेत्रलाई केही राहत दिलायो । अब अन्य देशले पनि यसलाई अनुसरण गर्नु जरुरी छ । व्यापार व्यवसायमा मन्दी आएसँगै बैङ्किङ क्षेत्र त्यसको प्रत्यक्ष मारमा परिरहेको छ । नेपालमा पनि समस्या आइहालेमा सरकारले केही राहत प्याकेज ल्याएर यो क्षेत्रलाई आश्वस्त पार्नुपर्छ ।

–कोरोनाको कहरबाट बच्न तपाईंहरुको चाहिँ तयारी कस्तो छ ?

बैङ्किङ क्षेत्र भनेको अपरिहार्य क्षेत्र हो । त्यसैले हामीले सेवालाई बन्द गर्न सक्दैनौँ । बरु कसरी सुरक्षित तवरले सेवा दिने भनेर हामी सतर्क हुनुपर्छ र विभिन्न सतर्कताको उपाय अपनाएका छौँ । नोटबाट पनि भाइरस सर्ने खतरा भएको कारण हामीले नोट चलाउने कर्मचारीलाई अनिवार्य पन्जा र मास्कको प्रयोग गर्न भनेका छौँ र यो सुविधा उपलब्ध पनि गराएका छौँ ।

बैङ्कका सबै शाखा कार्यालय र मुख्य कार्यालय लगायतमा ह्यान्ड स्यानिटाइजरको व्यवस्था गरेका छौँ । त्यसको प्रयोगलाई अनिवार्य बनाएका छौँ । ग्राहक तथा कर्मचारी सबैलाई ह्यान्ड स्यानिटाइजर प्रयोग गरेर मात्र प्रवेश गराएका छौँ । त्यसैगरी कर्मचारीलाई मास्क, पञ्जा अनिवार्य गरेका छौँ । तातो पानी पिउन र आफ्नो स्वास्थ्यबारे सचेत हुन बारम्बार हाम्रा कर्मचारीलाई आन्तरिक सर्कुलर जारी गरेका छौँ । ज्वरो नाप्ने र ज्वरो देखिएका कर्मचारीलाई बिदामा बस्न दिने हाम्रो योजना छ । त्यसैगरी बायोमेट्रिक प्रणालीबाट कर्मचारीको हाजिरी हुँदै आएकोमा यसलाई तत्कालका लागि बन्द गराएका छौँ ।


साइबर सुरक्षामा विशेष ध्यान दिन जरुरी ठानेर त्यसमा केन्द्रित छौँ । त्यसैगरी आर्टिफिसियल इन्टेलिजेन्सको कुरा आइरहेको छ, बाहिर यो लागू भइरहेको बेला हामीले पनि यस्ता सिस्टमलाई अवलम्बन गरेर अगाडि बढ्नुपर्छ । साइबर सुरक्षाका लागि हामीले आईटी टिमसँग विदेशको केपीएमजीसँग सम्झौता गर्न लागेका छौँ ।


–अब बैङ्कको मर्जर र एक्विजिसन प्रक्रियाबारे कुरा गरौँ । गण्डकी विकास बैङ्कको एक्विजिसन प्रक्रिया के हुँदैछ ? यो कहिलेसम्म टुङ्गोमा पुग्छ ?

२०७७ वैशाख २५ गतेसम्ममा हामी एक्विजिसनको काम सक्ने गरी अगाडि बढेका छौँ । अहिले हाम्रो सिस्टम मर्जको काम भइरहेको छ । कर्मचारी व्यवस्थापनको काम पनि भइरहेको छ । हामी वैशाखसम्ममा काम सकेर एकीकृत कारोबार गर्ने गरी अगाडि बढिरहेका छौँ ।

–डीडीए रिपोर्ट कहिलेसम्म तयार हुन्छ ?

छिट्टै तयार हुन्छ । हाम्रो डीडीए रिपोर्ट एकदमै राम्रो छ । यो रिपोर्टअनुसार हामी विशेष साधारण सभा गर्छाैँ । राष्ट्र बैङ्कमा अन्तिम स्वीकृतिका लागि जान्छौँ ।

–शाखा व्यवस्थापनमा के हुँदैछ ? कतिवटा स्थानान्तरण हुन्छन् ? मर्जपछि शाखाहरुको क्षेत्रीय सन्तुलन कसरी हुन्छ ?

गण्डकी विकास बैङ्कलाई प्राप्तिपछि हाम्रा २०७ वटा शाखा हुन्छन् । ६३ जिल्लामा बैङ्कका शाखाहरु फैलिनेछन् । बैङ्कहरु अहिले सबै स्थानीय तहमा शाखा पुर्याउन लागि परेका छन् । गाउँपालिकामा शाखाहरु पुगेका छन् । सबै क्षेत्रमा बैङ्किङ सुविधा पुर्याउने हाम्रो पनि चाहना हो ।

शाखा व्यवस्थापनमा विशेष ध्यान दिनेछौँ । नयाँ शाखा थप्नेभन्दा पनि शाखा डिजिटाइजेसनलाई अवलम्बन गरेर हामी अगाडि बढ्छौँ । नेपालीको जीवनशैली यति व्यस्त छ कि कसैसँग समय छैन, त्यसैले बसी बसी हात हातबाट बैङ्किङ कारोवार गर्न प्रोत्साहन गर्ने र सुविधा उपलब्ध गराउनमा हामी केन्द्रित छौँ ।


सिस्टम मर्जर भनेको ५० प्रतिशत मात्र काम समाप्त भन्ने बझ्छौँ हामी र बाँकी ५० प्रतिशत भनेको कर्मचारी व्यवस्थापनको काम हो । गण्डकी विकास बैङ्कका कर्मचारीको योग्यता र क्षमताअनुसारको स्थान दिएर ल्याउन हामी चाहन्छौँ । भोलिका दिनमा मर्जरले २+२=२२ बनाउने खालको सिनर्जी इफेक्ट ल्याउनु छ ।


साइबर सुरक्षामा विशेष ध्यान दिन जरुरी ठानेर त्यसमा केन्द्रित छौँ । त्यसैगरी आर्टिफिसियल इन्टेलिजेन्सको कुरा आइरहेको छ, बाहिर यो लागू भइरहेको बेला हामीले पनि यस्ता सिस्टमलाई अवलम्बन गरेर अगाडि बढ्नुपर्छ । साइबर सुरक्षाका लागि हामीले आईटी टिमसँग विदेशको केपीएमजीसँग सम्झौता गर्न लागेका छौँ ।

हामी सबैतिरबाट बलियो बन्नुपर्छ भन्नेमा सचेत छौँ र टेक्नोलोजीलाई अवलम्बन गरेका छौँ । अहिले मोबाइल बैैङ्किङ, इन्टरनेट बैङ्किङ, क्यूआर कोड, अनलाइन बैङ्किङ, पस मेसिन, एटीएम लगायतका सेवा दिइसकेकाले हाम्रा शाखाबाट यी सबै सेवा उपलब्ध हुन्छन् । शाखाहरुलाई यता उता चलाउनेभन्दा पनि सेवा सुविधा विस्तारमा नै हामी केन्द्रित हुन्छौँ ।

–कर्मचारी व्यवस्थापन कसरी भइरहेको छ ? गण्डकी विकास बैङ्कको माथिल्लोदेखि तल्लो तहसम्मका कर्मचारीलाई मेगा बैङ्कमा कसरी समावेश गरिँदैछ ?

सिस्टम मर्जर भनेको ५० प्रतिशत मात्र काम समाप्त भन्ने बझ्छौँ हामी र बाँकी ५० प्रतिशत भनेको कर्मचारी व्यवस्थापनको काम हो । गण्डकी विकास बैङ्कका कर्मचारीको योग्यता र क्षमताअनुसारको स्थान दिएर ल्याउन हामी चाहन्छौँ । भोलिका दिनमा मर्जरले २+२=२२ बनाउने खालको सिनर्जी इफेक्ट ल्याउनु छ ।

हामीले पहिला पनि दुईवटा (पश्चिमाञ्चल र टुरिजम डेभलपमेन्ट बैङ्क)लाई एक्वायर गरिसकेका छौँ र त्यो सफल पनि भयो । विगतको मर्जरबाट सिकेको अनुभवबाट पनि गण्डकी विकासलाई एक्वायर गरेर अझ राम्रोसँग अगाडि लैजाने हाम्रो योजना छ ।

यतिबेला हामी हरेक कर्मचारीको क्षमता अभिवृद्धि गर्नमा लागेका छौँ । सिस्टम, क्रेडिट, अपरेसन सबै विभागका कर्मचारीलाई तालिम दिन थालिसकेका छौँ । ‘लर्निङ एन्ड डेभलपमेन्ट सेन्टर’को पनि सुरुवात गरेका छौँ ।

वाणिज्य बैङ्क र विकास बैङ्कको सिस्टम तथा नियमहरु फरक हुने भएकाले उनीहरुलाई यता अवतरण गर्दा अप्ठ्यारो हुन सक्छ । त्यसैले हामीे उनीहरुलाई वाणिज्य बैङ्कको सबै सिस्टम तथा नियम कानुन सिकाएर ल्याउँछौँ । त्यसैगरी विकास बैङ्कमा भइरहेका राम्रा अभ्यासहरु अनि राम्रा संस्कारलाई पनि हामी आत्मसाथ गरेर अगाडि बढ्छौँ ।


हाम्रो बैङ्क तेस्रो ठूलो क्यापिटल भएको बैङ्क हो । मर्जरपछि दोस्रो ठूलो क्यापिटल भएको बैङ्क बन्छ । एनपीए लेभल १.०५ प्रतिशतमा राखेका छौँ । डिपोजिट र ऋण प्रवाहमा एक सय अर्ब माथि छौँ । साइजको हिसाबले १०औँ स्थानमा छौँ भने नाफाको हिसाबले १३औँ स्थानमा छौँ ।


कर्मचारीको मूल्याङ्कन सबैभन्दा महत्त्वपूर्ण पाटो भएकाले वार्षिक रूपमा भन्दा पनि प्रत्येक क्वाटर (अर्धवार्षिक) रूपमा कर्मचारीको म्रल्याङ्कन गर्छौं । मूल्याङ्कन मात्रै होइन उनीहरुबाट प्रतिक्रिया लिने र दिने काम पनि गरिरहेका छौँ । यसले कर्मचारीको मनोबल बढाउन र स्तरोन्नतिका लागि सहयोग गरेको छ । हामी त कर्मचारीको खुसीलाई नै कम्पनीको सफलता मान्छौँ । सबैको ताकत र श्रमले बैङ्कलाई एउटा दिशा दिन्छ, अनि मात्र बैङ्क सफल हुन्छ ।

गण्डकी विकास आएपछि हामी १०औँ वाणिज्य बैङ्क बन्छौँ । २७औँबाट २४औँ अनि १७औँ हुँदै १०औँ स्थानसम्म आइपुग्दा हामीले धेरै मिहिनेत गरेका छौँ । अब १०औँ स्थानबाट माथि उक्लिन हामीले जुन मिहिनेत गर्नुपर्छ, त्यसका लागि हामी सक्रिय छौँ । हाम्रा कर्मचारीलाई सबल बनाएर अगाडि बढ्छौँ । कसैलाई तलमाथि गर्दैनौँ । कसलाई कहाँ राख्ने र कुन ठाउँका लागि को सही छ, त्यसको सही पहिचान हुन्छ । शाखाको मूल्याङ्कन गर्न पनि सुरु गरेका छौँ । अब कुन ठाउँमा कस्तो म्यानपावर चाहिन्छ भन्ने अध्ययन गरेर मात्रै कर्मचारी पठाउँछौँ । अहिले हामी सम्पूर्ण शक्ति, साधन, स्रोत लगाएर ह्युमन रिसोर्सलाई बलियो बनाउनमै लागेका छौँ ।

मर्जरपछि बैङ्कको वित्तीय अवस्था कस्तो हुन्छ ? यसले बजारमा प्रतिस्पर्धात्मक लाभ कसरी सिर्जना गर्न सक्छ ?

हाम्रो बैङ्क तेस्रो ठूलो क्यापिटल भएको बैङ्क हो । मर्जरपछि दोस्रो ठूलो क्यापिटल भएको बैङ्क बन्छ । एनपीए लेभल १.०५ प्रतिशतमा राखेका छौँ । डिपोजिट र ऋण प्रवाहमा एक सय अर्ब माथि छौँ । साइजको हिसाबले १०औँ स्थानमा छौँ भने नाफाको हिसाबले १३औँ स्थानमा छौँ ।

ग्राहकका लागि सबै पक्षबाट ढुक्क हुन सक्ने अवस्था बैङ्कले सिर्जना गरेको छ । हामीले पञ्चवर्षीय योजना बनाएर काम गरिरहेका छौँ र सर्भिसलाई प्राथमिकतामा राखेका छौँ ।

बैङ्कको क्यापिटल राम्रो छ, चुनौतीको सामना गर्न सक्छ । एनपीए लेभल स्थिर छ, साइज बढाउँदै लगेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । मर्जर र एक्विजिसनमा अगाडि बढेको छ । ६३ जिल्लामा फैलिएको छ । प्रोडक्ट र सर्भिस उत्कृष्ट छ । डिजिटाइजेसनमा केन्द्रित छ । ग्राहक सेवामा समर्पित छ । विभिन्न योजनाका साथ अगाडि बढेको छ । डिपोजिट सङ्कलन र ऋण प्रवाहमा राम्रो छ । निक्षेपमा उच्च व्याजदर दिएका छौँ । व्यक्तिगत निक्षेपमा ९.७५ प्रतिशत व्याजदर दिएका छौँ । यी लगायत बेस रेट सिङ्गल डिजिटमा ल्याइसकेका छौँ । हामीले क्वार्टरअनुसार आफ्नो वित्तीय विवरण सार्वजनिक गरिरहेका छौँ । ग्राहकले रिपोर्ट हेरेरै मूल्याङ्कन गरेर मात्रै हामीसम्म आउन सक्नुहुन्छ ।

हामीसँग अहिले ७ लाख ग्राहक छन् भने एक्विजिसनपछिको २ वर्षमा त हाम्रा ग्राहक सङ्ख्या १० लाख पुग्नेछन् । अन्य बैङ्कमा र मेगामा हेर्ने हो भने ग्राहक सेवामा हामी अब्बल छौँ । हरेक शाखामा ग्राहक सेवाका लागि भिन्न अफिसरहरु भेट्न सकिन्छ । बैङ्कमा आउने हाम्रा ग्राहकको अवश्यकता के हो र कस्तो सेवा चाहन्छन् ? सबै काम ग्राहक सेवामा रहेका हाम्रा कर्मचारीले गरिदिन्छन् । ग्राहकलाई कुनै अलमल नै हुँदैन ।


गत तीन वर्षको आकडा हेर्ने हो भने बैङ्किङ बजार १५/१६ प्रतिशतले बढेको छ भने हामी ३०/३२ प्रतिशतले बढेका छौँ । बजारको गतिभन्दा हामी दुई गुणा अगाडि छौँ । अन्तर्राष्ट्रिय अध्ययनले हेर्ने यही नै हो । उनीहरु बैङ्कको वासलातलाई गहन अध्ययन गर्छन् । बैङ्कको विगतदेखि अहिलेसम्मको सम्पूर्ण परिसूचकलाई अध्ययन गरेर यस्तो अवार्डका लागि उपयुक्त बैङ्क छनोट गर्ने हो ।


हामी हाम्रा ग्राहकबाट ‘मेगा बैङ्कभित्र छिर्दा मेरो बैङ्क जस्तो लाग्छ, मलाई आनन्द लाग्छ’ भन्ने सुन्न चाहन्छौँ ।

हामी सेवा गर्न बसेका हौँ । त्यसैले सेवालाई प्राथमिकता दिएका छौँ । हामीले उत्कृष्ट बिमा सुविधा पनि दिएका छौँ । त्यसैगरी उच्च व्याजदरको प्रोडक्ट छ । ऋण प्रवाहको प्रोडक्टमा ‘हलोदेखि हाइड्रोसम्म’को छ । सबै नेपालीलाई मिल्ने प्रोडक्टहरु हामीसँग छन् । रिटेलमा ३५ वर्षसम्मको ऋण सुविधा दिएका छौँ । कतिपय प्रोडक्टमा तीन वर्षसम्म व्याजदर स्थिर रहने व्यवस्था पनि छ । त्यसैगरी डिजिटाइजेसनका प्रोडक्टहरुमाः अनलाइन बैङ्किङ, कार्ड, मोबाइल बैङ्किङ लगायत छन् । बैङ्कले दिनसक्ने जति सबै सेवा उपलब्ध गराएका छौँ । त्यसैले मेगा बैङ्कको सेवा सुविधा लिने ग्राहक खुसी छन् ।

अर्को महत्त्वपूर्ण कुरा के भने हरेक शाखामा हामीले गुनासो सुनुवाइ डेस्क राखेका छौँ । शाखा प्रबन्धकलाई केही कमी कमजोरी भएमा भनिदिनु हुन म ग्राहकलाई अनुरोध गर्दछु । काम गर्दा त्रुटि हुन्छ । कहीँकतै हामी चुकेका छौँ भने भनिदिनु होला ।

मेगा बैङ्क बलियो हुनुको भन्दा अर्को पक्ष विदेशी ऋण हो । हामीले विदेशबाट ऋण पनि ल्याइसकेका छौँ । दोहा बैङ्कसँग २० मिलियन डलर ऋण ल्याएका छौँ, यो नेपालको बैङ्किङमा अपरिहार्य थियो । विदेशबाट पैसा ल्याउने मेगा नै पहिलो बैङ्क हो ।

–जस्तो ३५ वर्षसम्मको ऋण सुविधा दिएको भन्नु भयो, यसमा कतिको जोखिम छ ?

पहिलो, नेपालीलाई घरका लागि सरकारले पनि प्रोत्साहन गरिरहेको र सहज पनि बनाइदिएको छ । हामी यसमा सरकारसँग हातेमालो गरेर अगाडि बढ्न चाहन्छौँ । किनकि हामीले तीन वर्षको रेटलाई ‘लक इन’ गर्न पनि पाउने र ३५ वर्षसम्मको ऋण लिन पनि पाउने व्यवस्था गरेका छौँ । यसले ग्राहकलाई धेरै फाइदा मिलेको छ । यसमा जोखिम व्यवस्थापन हामी लिन्छौँ । भुक्तानी क्षमता, उमेरको हदबन्दी लगायतमा जोखिम व्यवस्थापन पनि हामी गर्छौं ।

–अबको मर्जर नीति र बिग मर्जरबारे तपाईंको धारणा के छ ? मेगा बैङ्कले अरू बैङ्कलाई मर्ज गर्ने वा अरू बैङ्कसँग मर्जरमा जाने सम्भावना कतिको छ ?

अहिले हामी यो एक्विजिसनलाई टुङ्ग्याउनमै केन्द्रित छौँ । त्यसपछि मर्जरका लागि बजारमा कस्तो अवस्था सिर्जना हुन्छ । त्यसलाई हेरेर अगाडि बढ्छौँ । अहिले नै हामीले व्यक्तिगत र संस्थागत रूपमा केही निर्णय गरेका छैनौँ तर अर्को मर्जरका लागि हामी खुला छौँ । मर्जरमा जाँदा बैङ्क ठूलो हुन्छ । बैङ्क ठूलो भएपछि जोखिम सामना गर्ने क्षमता बढ्छ । राष्ट्र निर्माणका ठूला आयोजनामा लगानी गर्न सकिन्छ ।

अहिले विकास बैङ्कलाई एक्वायर गर्दा पुँजी र शाखा सञ्जाल ठूलो भए पनि सञ्चालन प्रभावकारिता प्राप्त हुन सकेको छैन । ठूला बैङ्कबीचको मर्जरबाट त्यस्तो दक्षता प्राप्त हुन्छ । त्यसैले ‘बिग मर्जर’ले बैङ्किङ जगतलाई बलियो बनाउँछ भन्ने मलाई लाग्छ ।

–बैङ्कको अहिलेको अवस्था र वित्तीय सूचक चाहिँ कस्तो छ ?

एकदम राम्रो छ । अहिलेको ग्रोथ पनि राम्रो छ । सीसीडी रेसियो ७८/७९ मा स्थिर छ । साना तथा मझौला कर्जा र खुद्रा क्षेत्रमा केन्द्रीकृत भएर ऋण बढाउन अहिले केही कठिन भएको हो कि जस्तो देखिएको छ । तर यसमा पनि विस्तारै सुधार हुन्छ । लेखा परीक्षण, कर लगायतका विषयमा ग्राहकले बुझेर प्रक्रिया अघि बढाएको खण्डमा यसमा छिट्टै सुधार हुन्छ भन्ने हाम्रो अपेक्षा हो । ऋण प्रवाहलाई सहज बनाउन आन्तरिक राजस्व विभागसँगको साझेदारीमा ४३ जिल्लाबाट हामीले स्थायी लेखा नम्बर उपलब्ध गराउने व्यवस्था पनि मिलाएका छौँ । स्वदेशी र विदेशी निक्षेपमा भइरहेको सुधारले हाम्रा वित्तीय परिसूचक राम्रो बन्दै गएका छन् ।


शिक्षाको क्षेत्रमा हामीले दूरगामी सोचाइका साथ काम गरेका छौँ । हरेक वर्ष छात्राको सङ्ख्या थप गर्दै जाने भनेका छौँ । यसले पछिसम्मको बाटो बनाएको छ । बैङ्कले नाफा कमाएसँगै यस्ता सामाजिक काममा हात अघि बढाउनुपर्छ । कमाउनु मात्रै ठूलो कुरा होइन, त्यो कमाइले समाजलाई के योगदान गरेको छ, त्यो बढी महत्त्वपूर्ण हो । यस्ता पक्षले पनि हामीलाई यो उपाधि दिलाउन सहयोग गर्यो । यसको प्रमुख श्रेय हाम्रा ग्राहकवर्ग र कर्मचारीमा नै जान्छ ।


दोस्रो त्रैमासमा बैङ्किङ क्षेत्रको औसत प्रगति कमजोर भए पनि मेगा बैङ्कको प्रगति राम्रो देखियो, यो कसरी सम्भव भयो ?

हामी उत्पादकत्वमा विश्वास गर्छौं । यो वर्ष हामीले ‘प्रोडक्टिभिटी एभ्री डे’ भन्ने नारा सुरु गरेका छौँ । हाम्रा कर्मचारीलाई आफूले कति योगदान गरँे भनेर आफैँ मूल्याङ्कन गर्न भनेका छौँ । यसले कर्मचारीमा दक्षता र प्रभावकारिता अभिवृद्धि हुँदै गएको हामीले महसुस गरेका छौँ । ‘टुगेदर वी रिच अ बेटर रिजल्ट’ भन्ने हाम्रो अर्को नारा हो । लक्ष्य लिएर अगाडि बढ्दा गन्तव्यमा पुग्न सजिलो हुने र परिणाम पनि राम्रो आउने भएकाले यसमा हामी केन्द्रित छौँ । जागरुक हुनु, आफूले के गर्नुपर्ने थाहा पाउनु र आफ्नो कामको दैनिक आत्ममूल्याङ्कन गर्ने तीनवटा विधिले हामीलाई राम्रो परिणाम दिएको छ ।

–मेगा बैङ्कले अरू २६ वटा बैङ्कलाई पछि पार्दै ‘बैङ्क अफ दि इयर’को अवार्ड जित्यो । यो सफलता कसरी प्राप्त हुन सक्यो ?

गत तीन वर्षको आकडा हेर्ने हो भने बैङ्किङ बजार १५/१६ प्रतिशतले बढेको छ भने हामी ३०/३२ प्रतिशतले बढेका छौँ । बजारको गतिभन्दा हामी दुई गुणा अगाडि छौँ । अन्तर्राष्ट्रिय अध्ययनले हेर्ने यही नै हो । उनीहरु बैङ्कको वासलातलाई गहन अध्ययन गर्छन् । बैङ्कको विगतदेखि अहिलेसम्मको सम्पूर्ण परिसूचकलाई अध्ययन गरेर यस्तो अवार्डका लागि उपयुक्त बैङ्क छनोट गर्ने हो । हामी सामाजिक उत्तरदायित्वसहितको दिगो बैङ्किङमा विश्वास गर्छौं । अस्वाभाविक रूपमा व्यापार बढाएर नम्बर वान बन्ने हाम्रो उद्देश्य छैन । यसलाई हेरेर नै हामीले यो उपाधि प्राप्त गर्न सफल भएका हौँ ।

हामीले छोरीलाई शिक्षा अनिवार्य हुनुपर्छ भनेर अभियान चलाएका छौँ । अघिल्लो वर्षबाटै हामीले हरेक शाखाको तर्फबाट एकजना छात्रालाई निःशुल्क पढाउन सुरु गरेका थियौँ । यसलाई यो वर्ष प्रतिशाखा दुई जना बनाएका छौँ । अब २०७ शाखाबाट २÷२ जना छात्रालाई पढाउँछौँ ।

उनीहरुलाई नर्सरीदेखि १२ कक्षासम्मै पढाउँछौँ । १२ कक्षा पास गरेपछि उक्त छात्रालाई बैङ्कमै ‘आउट सोर्स’ जागिर दिइने छ, जसले गर्दा आफ्नो स्नातकोत्तरसम्मको शिक्षासमेत हासिल गर्नसक्ने अवस्था बनोस् । स्नातकपछि उक्त छात्राले मेगा बैङ्कमै सेवा गर्न चाहेमा पहिलो प्राथमिकता उसैलाई दिने नीति बनाएका छौँ ।

शिक्षाको क्षेत्रमा हामीले दूरगामी सोचाइका साथ काम गरेका छौँ । हरेक वर्ष छात्राको सङ्ख्या थप गर्दै जाने भनेका छौँ । यसले पछिसम्मको बाटो बनाएको छ । बैङ्कले नाफा कमाएसँगै यस्ता सामाजिक काममा हात अघि बढाउनुपर्छ । कमाउनु मात्रै ठूलो कुरा होइन, त्यो कमाइले समाजलाई के योगदान गरेको छ, त्यो बढी महत्त्वपूर्ण हो । यस्ता पक्षले पनि हामीलाई यो उपाधि दिलाउन सहयोग गर्यो । यसको प्रमुख श्रेय हाम्रा ग्राहकवर्ग र कर्मचारीमा नै जान्छ ।

–‘बेस्ट वुमन म्यानेजर अफ दि इयर’बाट पनि सम्मानित हुनुभयो । एकपछि अर्को सफलताबाट कतिको उत्साहित हुनुहुन्छ ?

यसमा पनि मेरो बैङ्कका सम्पूर्ण सदस्यको हात छ । बोर्ड, कर्मचारी, व्यवस्थापन सबैको योगदानको प्रतिफल हो यो । सबैको साथ र सहयोगले मलाई यो सफलता दिलाएको हो । यो उपाधिले हामीलाई थप ऊर्जा दिएको छ । मेगा परिवारले यसलाई हौसलाका रूपमा लिएको छ । आगामी दिनमा यो हौसला र ऊर्जालाई बढाउँदै भविष्यमा बैङ्कलाई उत्कृष्ट बनाउने बाटोमा अघि बढ्नेछौँ ।


त्यसैगरी कर्जामा पनि ग्राहकले आफूलाई उपयुक्त हुने योजना छनोट गर्न सक्नेगरी योजना ल्याएका छौँ । हामी ग्राहकको विजनेस एड्भाइजरीको रूपमा काम गर्न चाहन्छौँ । त्यसका लागि हामीसँग मेगा क्यापिटल पनि छ । यसले सबै काम गरिदिन्छ । मेगा बैङ्कमा गएपछि बैङ्किङ आवश्यकता पूरा गर्छ भन्ने सोचेर आउनुस्, हामी सबै सेवाका लागि तयार छौँ ।


–यति हुँदाहुँदै पनि अहिले बैङ्कको अवस्था औसतभन्दा तल नै छ । व्यवसायको आकार सानो छ । कस्ट अफ फन्ड, बेसरेट र स्प्रेडरेट तुलनात्मक रूपमा बढी नै छ । निक्षेप र कर्जा विस्तारबीच सन्तुलन देखिएको छैन । यस्तो अवस्थामा कसरी सुधार गर्ने ?

यसका लागि तपाईंले बैङ्किङ इतिहासलाई हेर्नुपर्ने हुन्छ । नेपालको ८३ वर्षे बैङ्किङ इतिहास छ । निजी क्षेत्रका बैङ्कले समेत ३५ वर्षको इतिहास बनाइसके । त्यसमा हाम्रो १० वर्षको भयो । गण्डकी विकास बैङ्कसँगको मर्जरपछि हामी बैङ्किङ क्षेत्रमा १०औँ स्थानमा पुग्छौँ । यति छोटो अवधिमा यो सफलता ठूलो हो । हामीले अहिले जुन वृद्धिदर हासिल गरिरहेका छौँ, त्यसले निकट भविष्यमै हामीलाई माथि पु¥याउँछ । अहिले हाम्रो व्यावसायिक आँकडा जति छ, त्यसलाई अझ विस्तार गरेर अघि लैजाने चुनौती हामी माझ छ । त्यसलाई सहज स्वीकार गरेर अगाडि बढ्छौँ ।

अहिले हाम्रो बेसरेट एकल अङ्कमा झरिसकेको छ । अहिले कस्ट अफ फन्ड घटेर ७ प्रतिशतको नजिक आइसकेको छ, अब यही हाराहारीमै यसलाई कायम गर्छौं । स्प्रेडदरमा राष्ट्र बैङ्कको नीतिमै टेकेर हामी अघि बढ्छौँ ।

–व्यवसाय विस्तारका नयाँ योजना केके छन् ? निक्षेप र कर्जा लगानी विस्तारका लागि निकट भविष्यमा कुनै नयाँ स्किम आउँदै छन् ?

हाम्रो अहिलेको मुख्य योजना भनेको बैङ्कको डिजिटलाइजेसन हो । डिजिटल बैङ्किङमार्फत् ग्राहकलाई हातहातमा सेवा उपलब्ध गराउने हो । तपाईं हाम्रो बैङ्कभित्र प्रवेश गर्नुभयो भने सुरक्षित र भरपर्दो रूपमा सम्पूर्ण बैङ्किङ सेवा दिने नै प्रमुख उद्देश्य हो ।

हामीले सबै प्रकारका ग्राहकलाई उपयुक्त हुनेगरी विभिन्न प्रोडक्ट ल्याइरहेका छौँ । निक्षेप राख्न चाहनेलाई छोटोदेखि लामो अवधिसम्मको डिपोजिट स्किम ल्याएका छौँ । ३ महिनाको निक्षेप योजनामै ९.७५ प्रतिशतसम्म ब्याज दिने व्यवस्था गरेका छौँ । त्यसमा बिमा लगायत अन्य बैङ्किङ सुविधाहरु उपलब्ध गराइरहेका छौँ ।

त्यसैगरी कर्जामा पनि ग्राहकले आफूलाई उपयुक्त हुने योजना छनोट गर्न सक्नेगरी योजना ल्याएका छौँ । हामी ग्राहकको विजनेस एड्भाइजरीको रूपमा काम गर्न चाहन्छौँ । त्यसका लागि हामीसँग मेगा क्यापिटल पनि छ । यसले सबै काम गरिदिन्छ । मेगा बैङ्कमा गएपछि बैङ्किङ आवश्यकता पूरा गर्छ भन्ने सोचेर आउनुस्, हामी सबै सेवाका लागि तयार छौँ ।

–वित्तीय क्षेत्रमा देखिएको तरलता र लगानीयोग्य पुँजीको अभावको अहिलेको अवस्था कस्तो छ ?

२९ वर्षको बैङ्किङ करियरमा बैङ्किङ क्षेत्रमा मैले धेरै उतार चढाव देखेको छु । त्यसैले अहिलेको क्रेडिट क्रन्चको समस्या धेरै ठूलो समस्या होइन । यद्यपि हामीले यसमा सन्तुलन कायम गर्नुपर्छ । पहिले बैङ्कहरुको सीसीडी अनुपात निकै कसिलो थियो । अहिले यसमा केही सहजता आएको छ । त्यसैले अब कर्जाको माग पनि बढ्नुपर्छ ।

हामीले अहिले विदेशी पैसा पनि भित्र्याएका छौँ । यो आवश्यक पनि थियो । यसले नेपालमा लगानी गर्न थप सहज हुन्छ भन्ने हाम्रो विश्वास छ । त्यसैले अहिलेको अवस्थामा नेपालमा लगानी गर्नका लागि समस्या छैन ।

–बचत निक्षेपमा अहिले ब्याजदर घटाउन सुरु भएको छ । यसको कारण के हो ?

अहिले बैङ्किङ क्षेत्रको औसत ब्याजदर ६.८ प्रतिशत देखिएको छ । यसलाई ६ प्रतिशत झार्ने कुरा भइरहेको छ । निक्षेपको ब्याजदर घट्नु भनेको लोनको ब्याजदर पनि घट्नु हो । यसले लोनको डिमान्ड बढाउँछ । ऋणको ब्याजलाई अहिले एकल अङ्कमा ल्याउने प्रयास भइरहेको छ । त्यसो हुन सक्यो भने बजारको ब्याजदरमा स्थिरता आउँछ ।

–अहिले बैङ्कहरुको एएमएल सीएफटी कार्यान्वयनको अवस्था कस्तो छ ? यसले बैङ्किङ क्षेत्रको विस्तारमा कस्तो असर पारेको छ ?

अहिले सबै बैङ्कले गो–एएमएल सफ्टवेयर लागू गरिसकेका छन् । यो अति महत्त्वपूर्ण प्रोजेक्ट थियो । यसमा केही समस्या अझै छन्, त्यो निदान हुन केही समय लाग्ला । बैङ्कहरुले एएमएल सीएफटीका लागि ल्याउनुपर्ने सबै सफ्टवेयर ल्याइसकेका छन् र यसका लागि दिनुपर्ने ध्यान पनि दिइरहेकै छन् ।

यो केन्द्रीकृत रूपमा अगाडि बढिरहेको छ । यसमा हाम्रो देशको रेटिङ निकै राम्रो पनि छ । यो त हाम्रो दायित्वको कुरा हो । केवाईसी (नो योर कस्टुमर) अत्यन्त आवश्यक छ । आर्टिफिसियल इन्टेलिजेन्सको कुरा गरिरहेका छौँ । यसलाई सकारात्मक रूपमा अगाडि लैजानुपर्छ । अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसाथ गर्नुपर्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...