चैत ६ गतेको परीक्षा यथावत रुपमा सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ६ गतेको परीक्षा यथावत रुपमा सञ्चालन हुने जनाएको छ । बुधबार साँझ एक सूचना जारी गर्दै त्रिविले सो कुराको जानकारी दिएको हो ।
विश्वविद्यालयले कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै क्याम्पस र कलेजका कक्षा सञ्चालन एवम् चैत ७ गतेपछिका परीक्षाहरु सञ्चालनका सम्बन्धमा बिहीबार (चैत ६) गते सूचना प्रकाशित गर्ने समेत जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयको वेभसाइटमा राखिएको सूचनामा पनि सोही व्यहोरा प्रकाशित गरिएको छ ।
त्यसो त शिक्षा तथा विज्ञान तथा प्रविधि मन्त्रालया सहसचिव एवं प्रवक्ता दीपक शर्माको हस्ताक्षरयुक्त तर पत्रसंख्या एव चलानी नम्बर उल्लेख नगरिएको मिति २०७६ साल चैत्र ५ गतेको अत्यन्त जरुरी सूचनाको बुँदा नंं. १ मा चाहिँ एसईईका अलावा ‘हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा हुने गरी निर्धारण गरएको सि.टि.ई.भि.टि र विश्वविद्यालय तहका सम्पूर्ण परीक्षाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने’ निर्णय गरेको व्यहोरा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा