शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँचथरमा जिप दुर्घटना, ६ जना घाइते

बुधबार, ०५ चैत २०७६, १७ : १४
बुधबार, ०५ चैत २०७६

फिदिम । पाँचथरको तुम्वेका गाउँपालिका–२ मा बुधबार बिहान भाडाको जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।

मौवाबाट धरानतर्फ जाँदै गरेको ना१ज ५२९७ नम्बरको जिप बिहान साढे ८ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते सबैको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेमध्ये पाँचथरको तुम्बेवा गाउँपालिका–२ का ५८ वर्षीय मरिचमान लावती, सोही स्थानका ४० वर्षीय गजेन्द्र लावती र ४२ वर्षीय श्रीप्रसाद लावतीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप