शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बजारमा कुनैपनि वस्तु अभाव भए म जिम्मा लिन्छु : मन्त्री भट्ट (भिडियो सहित)

बुधबार, ०५ चैत २०७६, १७ : ११
बुधबार, ०५ चैत २०७६

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा कुनैपनि वस्तुको अभाव भए त्यसको जिम्मा आफुले लिने बताएका छन् ।

बुधबार मन्त्रालयमा भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले बजारमा खाद्यान्न तथा औषधि लगायतका वस्तुको अभाव नभएको र सरकारले अभाव हुन नदिने उल्लेख गर्दै यस्तो बताएका हुन् । 

मन्त्रालयले नियमित बजार अनुगमनलाई तिव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि भइरहेको उल्लेख गर्दै मन्त्री भट्टले राज्यले कुनै पनि वस्तुको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए । 

उनले भने, ‘पेट्रोल, डिजेल, ग्यास, खाद्यन्न, औषधि र अन्य कुनै वस्तुको अभाव छैन् । राज्यले अभाव हुन दिन्न । विभागीय मन्त्रीको हैसियतले त्यसको जिम्मा म र मेरो टिमले लिन्छ ।’ 

मन्त्री भट्टले पेट्रोल तथा सिलिण्डर घरमा राखेर दुर्घटनाको जोखिम नबढाउन पनि आग्रह गरेका छन् । 

कन्ज्युमर आइका महासचिव राजन खनालले खानेपानी संस्थानले दिने खानेपानीले हात धुँदा रोग सर्दैन भन्ने ग्यारेण्टी गर्नुपर्ने बताए । 

‘हाम्रो धारामा आएको खानेपानीले हात धुँदा हामी सुरक्षित हुन्छौँ भन्ने ग्यारेण्टी कसैले गर्न सक्छ ?’, उनले प्रश्न गरे । 

महासचिव खनालले पिक आवरमा सार्वजनिक यातायात बढेर यात्रा गर्न सरकारी अधिकारीहरुलाई चुनौती पनि दिए । 

कार्यक्रममा सरोकारवालाहरुले पेट्रोलको मूल्य घट्ने सूचना सार्वजनिक भएलगत्तै पम्पहरु बन्द हुँदा उपभोक्ताहरुमा मारमा परेको बताएका थिए । खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रमान बज्राचार्यले थोक पसलबाट सामान ढुवानी गर्दा केही समस्या उत्पन्न भइरहेको बताउनुभयो । बजारमा भने कुनै पनि वस्तुको अभाव नभएको उनले बताए । 

कोरोना भाइरस (कोभिड—१९) विश्वव्यापी प्रभाव नेपालमा पनि परेको छ । नेपाली बजारमा दैनिक उपभोग्य वस्तु समेत अभाव हुन थालेको उपभोक्ताहरुले गुनासो गरिरहेको छन् । मन्त्रालयले भने बजार अनुमगन र कारवाहीलाई प्राथमिकता दिएको बताउँदै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप