केन्द्रीय संस्करण
अन्तरवार्ता

'मोदीको दिमागमा केही न केही ‘क्यालकुलेसन’ होला'

दीपकुमार उपाध्याय, पूर्व राजदूत

person explore access_timeचैत ५, २०७६ chat_bubble_outline0

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) केही वर्ष यता निस्कृय रहँदै आएको छ । सन् २०१६ नोभेम्बरमा हुनुपर्ने १९ औँ शिखर सम्मेलन भारत र पाकिस्तानबीचको सम्बन्धमा बढेका तनावका कारण स्थगित भयो । त्यस यता सार्क शिखर सम्मेलन आयोजना गर्नका लागि पटक–पटक भएका प्रयास विफल भए । चैत २ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरताका कारण सार्क राष्ट्रका नेताहरुबीच कोरोना भाइरसको संक्रमण तथा रोकथामका बारेमा भिडियो कन्फरेन्समार्फत छलफल भयो । लामो समयपछि सार्क राष्ट्रका नेताहरु यसरी सामूहिक छलफलमा जुटेका हुन् । यसले सार्कको सक्रियतालाई औँल्याएको हो ? अध्यक्ष राष्ट्रका रुपमा नेपालले अब कस्तो भूमिका निर्वाह गर्नुपर्ला ? यी र यस्ता विषयमा केन्द्रित रहेर भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायसँग रातोपाटीले गरेको कुराकानी :

साढे तीन वर्ष अघि नै हुनुपर्ने सार्क शिखर सम्मेलन अझै अन्योलमा रहेको अवस्थामा हालै सदस्य राष्ट्रका नेताहरुबीच कोरोना संक्रमण रोकथामका बारेमा भिडियो कन्फरेन्समार्फत छलफल भयो, यसलाई कसरी हेर्नुभएको छ ?

सार्कको ‘चार्टर’ नै मुख्य कुरा हो, सवैको सहमति बेगर सार्क अगाडि जान सक्दैन । हामी अध्यक्ष राष्ट्र हौं । सार्कको सचिवालय नेपालमा छ । हुन त सवैको राजीखुशी अनुसार नै सार्क स्थापना गरिएको हो । तर बीचमा भारत र पाकिस्तानको तनावले गर्दा करिवकरिव स्थगनजस्तै थियो । अहिले मानवीय कारणले नै भए पनि आपसमा छलफल भयो, यो हाम्रा लागि ठुलो अवसर र खुशीको कुरा हो । हामीले यही रुपमै लिनुपर्छ भन्ने मलाई लागेको छ ।

घट्नाक्रमहरुले सार्क भनेको भारतलाई आवश्यकता पर्दा चाहिने, उसले नचाहँदा बर्षौँसम्म पनि निस्कृय हुने अवस्था देखियो, यसले क्षेत्रीय सहयोगको भावनाभन्दा पनि भारतकै स्वार्थको प्रतिनिधित्व गरेको भनेर बुझ्न सकिदैँन ?

भारतले मात्रै होइन । अहिलेको अवस्थामा सार्क निस्कृय हुनको कारणचाही भारत र पाकिस्तानको सम्बन्धमा देखियो । भोलि गएर नेपाल, माल्दिभ्स वा श्रीलंका, भुटानलगायतका जुनसूकै सदस्य राष्ट्रमध्ये एउटाले असहमति जनाए पनि शिखर सम्मेलन हुन सक्दैन । सार्कको चार्टर नै हामीले पहिला त्यस्तै बनायौं, एउटा सदस्य राष्ट्रले चाहेन भने बैठक पनि अघि बढ्न सक्दैन । हामीले त्यसको विधानमै त्यस्तो व्यवस्था ग-यौँ । जस्तो संयुक्त राष्ट्रसंघमा पनि एउटा राष्ट्रले ‘भिटो’ प्रयोग गरेमा छलफलको विषय अगाडि बढ्दैन । त्यस्तै सार्कमा एउटा सदस्य राष्ट्रले चाहेन भने शिखर सम्मेलन हुन सक्दैन ।


यसअघिका अनुभव र उदाहरण हेर्ने हो भने सार्क शिखर सम्मेलनकै क्रममा भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच बोलचाल नै नभएको पनि पाइन्छ, नेपालमा शिखर सम्मेलन हुँदा हामीले देखेकै हो नि । तर पनि सार्क सम्मेलन भयो । उहाँहरुबीच बाहिर झल्याक झुलुक भेट भयो, यी सब अवस्थालाई शान्त कुटनीतिका माध्यमबाट कौशल प्रदर्शन गरेर परिणाममुखी बनाउन सकिन्छ ।


त्यसैले अहिले सार्क अन्तर्गतका कदमहरु पनि निष्प्रभावी रुपमा रहेको अवस्था थियो । यसमा सार्ककै चार्टरको दोष छ । जुन हामीले विधान बनायौ, चार्टरमै हामीले राखेपछि त्यो सवैका लागि हो ।

भारत सार्कजस्तै अरु क्षेत्रीय संगठनमा पनि छ । अहिले कोरोना महामारी फैलिएपछि भारतका प्रधानमन्त्री मोदीजीले के सम्झिएर सार्कलाई अलि बढी महत्व दिएको देखिन्छ । हाम्रो पूर्वीय दर्शन, संस्कृति, सभ्यतालाई अहिले विज्ञानले पनि मान्दै आएको छ । हाम्रा जतिपनि ऋषिमुनि वा पुर्खाहरुले जे प्रचलनमा ल्याएका छौं, जिरा, मरिच, ज्वानो, मेथी, यस्ता बस्तुलाई हाम्रो सार्क रिजनमा खानपानमा प्रयोग गरिन्छ । त्यसैले यी कुराहरुका कारण पनि यस क्षेत्रमा कोरोना संक्रमणको त्यति ठूलो असर नदेखिएको हो कि भन्ने कुरा पनि छ ।

यी लगायतका विषयमा क्षेत्रीय रुपमा एक भएर हाम्रो पूर्वीय दर्शनको संस्कृति, सभ्यता, इतिहास र विज्ञानले अरुलाई पनि लाभ पुग्न सकोस् भन्ने किसिमबाट जाने एउटा सोच पनि हुन सक्छ । त्यसमा नेपालले अग्रणी भूमिका निभाउनुपर्छ भन्ने हो । ‘सर्फेस’मा त हामी छौँ तर कुटनीतिक रुपमा पनि जानुपर्छ ।

भर्खरै भएको भिडियो कन्फरेन्समा पाकिस्तानी प्रधानमन्त्री त आएनुभएन, राज्यमन्त्री आउनुभयो । जे होस् सबै सदस्य राष्ट्रका प्रतिनिधि सहभागी भए । तर अब अर्को कुनै अवसरमा पाकिस्तानको प्रधानमन्त्री पनि बस्ने वातावरण नेपालले बनाउनुपर्छ ।      


कुटनीतिमा कस्तो हुन्छ भने कुनकुन एजेण्डालाई प्रवेश दिने भन्ने कुरामा सहमत भएपछि मात्रै बल्ल त्यो कन्फरेन्स गर्न सम्भव भयो होला । शिखर सम्मेलनका लागि त क्रमशः, क्रमिक रुपमा पहल गर्नुपर्छ । कुटनीति भनेको परिणाम दिने हो । त्यसमा नेपालले आफ्नो कुटनीतिक क्षमता देखाउन सक्नुप-यो । अहिलेको यो अवसरलाई सरकारले उपयोग गर्नुपर्छ ।


भारत र पाकिस्तानबीचको सम्बन्धमा देखिएका फाटोका कारण नै १९ औं सार्क शिखर सम्मेलन हुन सकेको छैन, अव कोरोना संक्रमणको महामारीले पुराना मतान्तरलाई भुलाएर क्षेत्रीय सहयोगको भावना जागृत गराउला त ?

गर्नुपर्छ । हाम्रो सोच सकारात्मक हुनुपर्छ । त्यो प्रयास हामीले गर्नुपर्छ । अध्यक्ष राष्ट्र र सचिवालय समेत नेपालमै भएको नाताले पनि अरुको भन्दा हाम्रो भूमिका अलि बढी सकारात्मक हुुनुपर्छ ।

भिडियो कन्फरेन्स चाहीँ कोरोना केन्द्रित भयो । तर शिखर सम्मेलन के गर्ने ? कहिले गर्ने भन्ने खालका एजेण्डा भएनन् । विषय प्रशंग पनि त्यस्तै भएर होला । अब शिखर सम्मेलनतिर कसले पहल गनुपर्छ त ?

कुटनीतिमा कस्तो हुन्छ भने कुनकुन एजेण्डालाई प्रवेश दिने भन्ने कुरामा सहमत भएपछि मात्रै बल्ल त्यो कन्फरेन्स गर्न सम्भव भयो होला । शिखर सम्मेलनका लागि त क्रमशः, क्रमिक रुपमा पहल गर्नुपर्छ । कुटनीति भनेको परिणाम दिने हो । त्यसमा नेपालले आफ्नो कुटनीतिक क्षमता देखाउन सक्नुप-यो । अहिलेको यो अवसरलाई सरकारले उपयोग गर्नुपर्छ ।

यसअघि भारतले सार्कको तुलनामा बिमस्टेकलाई बढी महत्व दिएको संकेत देखिएको थियो नि । तर अहिले आएर विमस्टेक भन्दा सार्कलाई भारतले महत्व दिएको देखिन्छ, भारतीय प्रधानमन्त्री मोदीमा देखिएको यो परिवर्तनलाई कसरी बुझ्ने ?

त्यसको अर्थ उहाँ (मोदी) को दिमागमा होला । कुटनीतिक रुपमा राष्ट्रलाई लाभ दिने, परिणाम देखिने गरी काम गर्ने कुरामा उहाँको बेजोड ध्यान रहन्छ । त्यसकारण उहाँको दिमागमा केही न केही ‘क्यालकुलेसन’ होला । यो मानवीय समस्याका बारेमा केही गरौँ भन्ने होला उहाँको । त्यस कुरामा हामीले शान्त कुटनीतिबाट अघि बढ्नुपर्छ र समस्याहरुको समाधान खोज्दै जानुपर्छ ।

यसअघिका अनुभव र उदाहरण हेर्ने हो भने सार्क शिखर सम्मेलनकै क्रममा भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच बोलचाल नै नभएको पनि पाइन्छ, नेपालमा शिखर सम्मेलन हुँदा हामीले देखेकै हो नि । तर पनि सार्क सम्मेलन भयो । उहाँहरुबीच बाहिर झल्याक झुलुक भेट भयो, यी सब अवस्थालाई शान्त कुटनीतिका माध्यमबाट कौशल प्रदर्शन गरेर परिणाममुखी बनाउन सकिन्छ ।

भिडियो कन्फरेन्समार्फत विकसित वातावरणमा अध्यक्ष राष्ट्रका रुपमा अब नेपालले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?

अध्यक्ष राष्ट्रको नाताले अरुको भन्दा नेपालको भूमिका अली बढी प्रभावकारी हुन्छ र हुनुपर्छ । अस्तीको भिडियो कन्फरेन्सले एउटा सैद्धान्तिक धरातल बनायो, त्यसलाई कार्यान्वयनमा लैजानका लागि अध्यक्ष राष्ट्रका रुपमा नेपालले भूमिका निर्वाह गर्नुपर्छ । सार्कका नागरिकलाई कसरी सुरक्षित तुल्याउने, सार्क राष्ट्रबाट विश्वले के कुरा सिक्न सक्छ भन्ने पहिल्याउने भन्नेमा हाम्रो भूमिका हुन सक्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...