शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल स-यो

बुधबार, ०५ चैत २०७६, ०८ : ३३
बुधबार, ०५ चैत २०७६

एजेन्सी । युरोपियन फुटबल महासंघ (युइएफए) ले युरोपियन क्लब फुटबलको सबैभन्दा चर्चित प्रतियोगिता युइएफए च्याम्पियन्स लिग र युइएफए युरोपा लिग फुटबलको फाइनल खेल एक महिना पछि सारेको छ ।

कोरोना भाइरसको कारण युइएफएले च्याम्पियन्स लिगको फाइनल जुन २७ तारिखमा टर्की र युरोपाको लिगको फाइनल जुन २४ तारिखमा पोल्यान्डमा गर्ने निर्णय गरेको छ । यसअघिको तालिका अनुसार च्याम्पियन्स लिगको फाइनल मे ३१ र युरोपा लिगको फाइनल मे २७ तारिखका लागि तय भएको थियो ।

च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेग चलिरहँदा कोरोनाका कारण केही खेल स्थगित गरिएको छ भने केही खेल बन्द स्टेडियममा खेलाइएको थियो । कोरोनाले गर्दा अहिले युरोपका सबै खाले फुटबल गतिविधि स्थगित छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप