बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा वैद्य नियुक्त

मङ्गलबार, ०४ चैत २०७६, २२ : ०५
मङ्गलबार, ०४ चैत २०७६

काठमाडौ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यकारी निर्देशकमा चतुरानन्दराज वैद्य नियुक्त भएका छन् । एनओसीको सोमबार र मंगलबार पोखरामा बसेको कार्यसमिति बैठकले ओलम्पिकको विधान अनुसार वैद्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । बैद्य एनओसीका उपाध्यक्ष पनि हुन् । बैठकले एनओसीको सल्लाहकारमा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र शरदसिंह भण्डारीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

यसैगरी एनओसीले वरिष्ट अधिवक्ता लोकभक्त राणालाई कानुनी सल्लाहकारमा नियुक्त गरेको छ । बैठकले आफ्नो बार्षिक साधारण सभामा ओलम्पिक अभियानमा योगदान गर्ने ४ जना पत्रकार, तीनवटा खेल संघ र उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कारसहित अवार्ड दिने, प्रत्येक दुई बर्षमा ओलम्पिक कंग्रेश गर्ने र पूर्वमहासचिव तथा नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ ।

बैठकले प्रदेश १ संयोजकमा पिताम्बर तिम्सिना, प्रदेश २ मा अशोक बज्राचार्य र सदस्यमा रामजीबहादुर श्रेष्ठ, प्रकाशशमशेर राणा, बाग्मती प्रदेशको संयोजकमा सुनिलबहादुर श्रेष्ठ, गण्डकी प्रदेश संयोजकमा तेजबहादुर गुरुङ र सदस्यमा तासी घले, प्रदेश ५ संयोजकमा कुमारी तुलसी थापा संयोजक र सदस्यमा दिर्घबहादुर केसी, कर्णालीप्रदेश संयोजकमा दिपकहर्ष बज्राचार्य र सुदुरपश्चिम प्रदेश संयोजकमा रतन तण्डनलाई तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप