बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सातदोबाटो र झम्सिखेलको बराबरी

मङ्गलबार, ०४ चैत २०७६, १९ : ४१
मङ्गलबार, ०४ चैत २०७६

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा रहेको सातदोवाटो युथ क्लबले झम्सिखेल युथ क्लबसँग अंक बाँडेको छ । एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा सातवोटोलाई झम्सीखेलले १–१ गोलको बराबरीमा रोकेको हो । झम्सीखेलका लागि भुवन राईले पहिलो गोल गरेका थिए ।

सातदोबाटोका विरेन्द्र लिम्बुले बराबरी गोल फर्काए । बराबरीसँगै सातदोबाटोले ६ खेलबाट १६ अंक बनाएको छ । ६ अंक बनाएको झम्सिखेल नवौं स्थानमा रहेको छ । अर्को खेलमा ब्वाईज युनियन क्लब र आरसीटी क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

ब्वाईजको लागि टंकबहादुर स्याङ्देन र प्रदिप बोगटीले एक एक गोल गरे । आरसीटीका अजित गुरुङ र नविन मान कर्माचार्यले गोल गरेका थिए । बराबरीसँगै ब्वाईजले आठ अंक बनाएको छ । आरसीटीको ६ अंक छ । लिगको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप