१८ वर्षअघि सौतेनी आमाको हत्या गरेर फरार अभियुक्त पक्राउ
मङ्गलबार, ०४ चैत २०७६, १९ : ०१
काठमाडौं । प्रहरीले १८ वर्षअघि सौतेनी आमाको हत्या गरेर फरार रहेका १ अभियुक्तलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फरार धादिङ थाक्रे गाउँपालिका–६ का रणबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसान्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले थापालाई धादिङको थाक्रेबाट पक्राउ गरेको छ ।
थापाले २०५८ साल माघ १४ गते सौतेनी आमा साइली थापाको घाँटी थिचेर हत्या गरेको प्रहरीको आरोप छ । उनी लामो समयसम्म काठमाडौंको टेकुमा लुकेर बसिरहेको र पछिल्लो समय धादिङस्थि आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई आजै जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव