शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आइफोन एटको लञ्चपूर्व लिक भए विशेषता, के छ नयाँ ?

सोमबार, ०५ असार २०७४, १२ : १९
सोमबार, ०५ असार २०७४

आइफोन एट बजारमा आउनुभन्दा पहिले नै लगभग सबै विशेषताबारे खुलासा भइसकेको छ । यो मोडललाई कम्पनीले सेप्टेम्बरमा सार्वजनिक गर्ने निर्णय गरेको छ । यद्यपी, कम्पनीले अहिलेसम्म आइफोन एटको विशेषताबारे केही आधिकारिक पुष्टि गरेको छैन । आइफोन एटको लिक भएको तस्बिरबाट यो थाहा हुन्छ कि यसपटक आइफोनको डिजाइनमा निकै परिवर्तन गरिएको छ ।

यसपटक लिक भएका तस्बिरमा सबैभन्दा धेरै यो मोडलको टेम्पर ग्लास र स्क्रिनको चर्चा भइरहेको छ । आइफोन एटको स्क्रिन ५.८ इन्च लामो हुनेछ भने यसको स्क्रिन पनि बेजल–लेस हुनेछ । यसपटक आइफोनको क्यामरामा पनि परिवर्तन देख्न सकिन्छ । लिक भएको तस्बिर अनुसार यसपटक आइफोन एटको ड्युएल क्यामरा तेर्सोको साटो ठाडो हुनसक्छ ।

साथै यसपटक आइफोनको फिंगरप्रिन्ट सेन्सरको अगाडि हुने सम्भावना छ । धेरैजसो मोबाइलमा फिंगरप्रिन्ट सेन्टर पछाडि तर्फ हुन्छ । यो फिचरबाट एप्पल फिंगरप्रिन्ट सेन्सरलाई  मोबाइलको पछाडि राख्ने पहिलो कम्पनी बन्ने गर्दछ । आइफोन एटको विशेषतामा यसपटक बायोमेट्रिक सिस्टम पनि समावेश हनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप