बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरस : निराशाका मात्र कति कुरा गर्ने, अब आशाका कुरा पनि गरौँ

कोरोनासम्बन्धी केही भ्रमहरु : जुन पटक्कै सत्य, तथ्य र विज्ञानमा आधारित छैनन्
मङ्गलबार, ०४ चैत २०७६, १४ : ३५
मङ्गलबार, ०४ चैत २०७६

एक्काइसौँ शताब्दीमा मानव सभ्यतामाथि सबैभन्दा ठूलो चुनौती बनेर देखापरेको समस्या हो कोरोनाभाइरसको महामारी । यो एउटा निश्चित क्षेत्रमा मात्र सीमित महामारी नभएर विश्वलाई नै आफ्नो चपेटामा लपेटिरहेको महामारी पनि हो । यस अर्थमा यो महामारी अत्यन्तै खतरनाक पनि छ । अत्यन्तै आक्रामक ढङ्गले सर्ने र शरीरको रोग प्रतिरोधी क्षमता कम भएका मानिसलाई कालको ग्रास बनाउने यो महामारीलाई कोभिड–१९ नाम दिइएको छ ।

कोभिड–१९ को महामारीले विश्वलार्ई नै आतङ्कित बनाइरहेको कुरा सत्य हो । तर यो भाइरसको वास्तविक यथार्थ जे हो, त्यहीअनुसार यसलाई देखाउने र प्रस्तुत गर्ने काम भने भइरहेको छैन । यो भाइरसका खराब पक्ष, जुन कतिपय यथार्थमा आधारित पनि छन् र कतिपय चाहिँ भ्रममा, उछाल्ने काम पनि भइरहेको छ ।


कोभिड–१९ को महामारीले विश्वलार्ई नै आतङ्कित बनाइरहेको कुरा सत्य हो । तर यो भाइरसको वास्तविक यथार्थ जे हो, त्यहीअनुसार यसलाई देखाउने र प्रस्तुत गर्ने काम भने भइरहेको छैन । यो भाइरसका खराब पक्ष, जुन कतिपय यथार्थमा आधारित पनि छन् र कतिपय चाहिँ भ्रममा, उछाल्ने काम पनि भइरहेको छ ।


यस भाइरसका खराब पक्षहरु, यसले पार्न सक्ने वा पारिरहेका असरहरु, बच्ने उपायहरुका बारेमा चर्चा परिचर्चा हुनैपर्छ । साथसाथै यसका विरुद्धको लडाइँमा मानिसले हासिल गरेका उपलब्धि र प्राप्त गरेका विजयहरुलाई पनि साथसाथै चर्चा गरिनु जरुरी छ ।

उदाहरणका लागि कोभिड–१९ नाम दिइएको यो विश्व महामारीले दुर्भाग्यवश विश्वका अन्य भागहरुलाई गाँज्दै लाँदा यसको उद्गमथलो चीनमा करिब करिब यो नियन्त्रणमा आइसकेको छ । यस रोगबाट सङ्क्रमित हुनेहरुको दैनिक कहालीलाग्दो सङ्ख्या घटेर करिब करिब शून्यमा झरेको छ । यसको उपचारका लागि खोलिएका थुप्रै विशिष्टीकृत अस्पतालहरु बिरामीहरुलाई निको पार्ने कार्य सम्पन्न भएपछि बन्द गरिएका छन् । यो लेख्दासम्म संसारभरि यस रोगले १,८२,७२५ लाई सङ्क्रमित तुल्याएको डरलाग्दो तथ्याङ्कबीच ७९,८८३ जना निको भएको सुखद खबर पनि छ ।

उता यस महामारीविरुद्ध खोप र औषधिहरु पत्ता लगाउन विश्वभरि अनुसन्धानहरु चलिरहेका छन् र थुप्रै देश खोप बनाउने सफलताका नजिक पुगेका समाचार आइसकेका छन् । अमेरिकमा त मानिसमाथि नै यस खोपको परीक्षण प्रयोग पनि सुरु भएको छ । यसबाट चाँडै नै यो रोगमाथि विजय प्राप्त हुने आशा पलाएको छ ।

तर साथसाथै यतिखेर ख्याल गर्नैपर्ने पक्ष के पनि हो भने यो भाइरसका बारेमा चाहिँदा तथ्यहरु भन्दा पनि नचाहिँदा तथ्य र भ्रम फिँजिएका छन् । त्यसले गर्दा यो भाइरसको महामारी आफैँले वास्तविक रूपमा गर्ने क्षतिभन्दा पनि बढी क्षति चाहिँ त्यसबारेमा फैलिएका भ्रम र मिथ्या कुराहरुले गरेको छ । त्यसले मानिसहरुमा भय, आतङ्क र अन्योलको वातावरण सिर्जना गरेको छ । मानिसहरु नचाहिँदो र अनावश्यक ढङ्गले आतङ्कित पनि बनेका छन् । यसबारेमा फैलिएका मिथ्या कुराको भरपर्दा थुप्रैले ज्यान पनि गुमाइसकेका छन् । त्यसकारण पनि यस भाइरसका बारेमा फैलिएका मिथ्या भ्रमहरुको चिरफार गर्नु जरुरी भएको छ ।


याद गरौँ, कोरोनाभाइरस त्यति विघ्न खतरनाक छैन, जति खतरनाक यसबारेका गलत धारणा वा भ्रमहरु छन् । कोरोनाभाइरसले मानिस मर्दैन, बरु यसबारेका भ्रमलाई बेलैमा नचिर्ने हो भने चाहिँ त्यसले सिर्जना गर्ने मानसिक र भौतिक आतङ्कका कारण मर्नेहरुको सङ्ख्या बढ्दै जाने निश्चित छ ।


याद गरौँ, कोरोनाभाइरस त्यति विघ्न खतरनाक छैन, जति खतरनाक यसबारेका गलत धारणा वा भ्रमहरु छन् । कोरोनाभाइरसले मानिस मर्दैन, बरु यसबारेका भ्रमलाई बेलैमा नचिर्ने हो भने चाहिँ त्यसले सिर्जना गर्ने मानसिक र भौतिक आतङ्कका कारण मर्नेहरुको सङ्ख्या बढ्दै जाने निश्चित छ ।

आउनुहोस्, हामी त्यस्ता मिथ्या कुराको चिरफार गरौँ र सत्यतथ्य जान्ने कोसिस गरौँ ।

भ्रम १  : कोरोनोभाइरसले भेटेपछि मरिन्छ

https://media13.s-nbcnews.com

कोरोनाभाइरसको सङ्क्रमणलाई अत्यन्तै भयावह रूपमा प्रसार गर्ने काम भएको छ । कतिसम्म भने कोरोनाभाइरसले भेट्टाउनु भनेको कालको मुखमा पस्नु हो । अर्थात् यसले भेटेपछि मरिहालिन्छ । तर यथार्थमा त्यस्तो होइन ।

कोरोनाभाइरस पनि मौसमी भाइरसहरु जस्तै नै हो, जसले रुघाखोकी र हल्का पीडा गराउँछ । यसको सङ्क्रमणले भेट्टाएपछि २ प्रतिशत जति मानिसलाई मात्रै गम्भीर बिरामी बनाउँछ र त्यो निमोनियाका रूपमा विकसित हुन सक्छ । तर यसको अर्थ त्यो स्थिति जोसुकैमा  हुने होइन । खालि शरीरको रोगसँग लड्ने क्षमता कमजोर भएका, पहिलेदेखि नै अरू रोगहरुले कमजोर बनाइसकेका अनि उमेर बढी भएका मानिसलाई मात्रै हुने सम्भावना बढी रहन्छ ।

भ्रम २  : कोरोनाभाइरस अहिलेसम्मकै सबैभन्दा खतरनाक भाइरस हो

https://media.springernature.com

कतिपय मानिसहरुले कोभिड–१९ अर्थात् नोबेल कोरोनाभाइरसलाई अहिलेसम्मकै सबैभन्दा खतरनाक र घातक भाइरसको रूपमा मान्ने गर्छन् । तर यो कुरा पनि सत्य होइन ।

कोरोनाभाइरसलाई जति खतरनाक मानिन्छ त्यति खतरनाक चाहिँ होइन । तपाईंको शरीरको रोगसँग लड्ने क्षमता अर्थात् इम्युन सिस्टम बलियो छ भने यो भाइरसले सङ्क्रमण भए पनि निको होइन्छ । अझ तपाईंले निमोनियाका विरुद्ध भ्याक्सिन लिनुभएको छ भने त यो भाइरसको सङ्क्रमणले धेरै पिर्न सक्दैन । त्यस्तो अवस्थामा कोरोनाभाइरसले सङ्क्रमण गरिहालेको खण्डमा पनि तपाईंलाई मौसमी रुघाखोकी र सामान्य ज्वरो मात्रै आउन सक्छ ।

इतिहासमा फर्केर हेर्ने हो भने कोरोनाभाइरसभन्दा खतरनाक र धेरैको ज्यान लिने महामारीहरु विश्व इतिहासमा विगतका दिनहरुमा देखा परिसकेका छन् ।

भ्रम ३ : मास्क लगाएपछि कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न सकिन्छ

https://cdn.cnn.com

कोरोनाभाइरसको सन्दर्भमा सबैभन्दा भ्रामक भ्रम नै यही हो । तपाईं आफैँले पनि सोचेको वा सुनेको हुनुपर्छ  : मास्क लगाएपछि हावामा रहेका भाइरसहरुबाट बच्न सकिन्छ । हो, मास्क लगाउनु नोबेल कोरोनाभाइरसबाट बच्ने प्रतिरक्षात्मक उपाय अवश्य पनि हो । तर यो नै भाइरसबाट पूर्ण रूपमा बचाउने सम्पूर्ण समाधन पटक्कै होइन ।

कोरोनाभाइरसबाट सङ्क्रमित वस्तु वा चिजबिज छुँदा त्यसका माध्यमबाट झनै सजिलोसँग सङ्क्रमण सर्न सक्छ । वास्तवमा हावाबाट भन्दा पनि सङ्क्रमित वस्तुलाई छोइछिटो हुँदा यो भाइरस सर्ने खतरा सबैभन्दा बेसी हुन्छ ।

त्यसैले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्ने सबैभन्दा उत्तम र जरुरी उपाय भनेकै बेलाबेलामा हात धोइबस्ने नै हो । खासगरी आफूले कुनै बाहिरी वस्तु छुँदा वा त्यस्ता वस्तुहरुको सम्पर्कमा आउँदा साबुन पानीले माडी माडी सफासँग हात धुनुपर्छ ।

हात धुनुको अलावा सङ्क्रमण एकअर्कामा नसरोस् भनेर प्रत्येक व्यक्तिले आफूले प्रयोग गर्ने चिजबिज छुट्टाछुट्टै राख्नु पनि यो भाइरसको सङ्क्रमण फैलिन नदिने सर्वोत्तम उपाय हुन सक्छ ।

त्यसबाहेक भाइरसको सम्भाव्य सङ्क्रमण निमिट्यान्न पार्नका लागि बेलाबेलामा भुइँ तथा मानिसले धेरै छुने, समात्ने चिजहरु, जस्तै भर्याङको रेलिङ, धाराहरु राम्ररी पुछ्ने गरेमा पनि यसको सङ्क्रमण फैलिन निक्कै कम हुनेछ ।

भ्रम ४  : चीनबाट आएका सामानहरु कोरोनाभाइरस सङ्क्रमित हुन सक्छन्

https://jingsourcing.com

कोरोनाभाइरससम्बन्धी हाँसो उठ्दो भ्रमहरुमध्ये यो पनि एक हो । धेरै मानिस के विश्वास गर्छन् भने चिनियाँ सामान वा चीनबाट आएका सामान प्रयोग गर्दा त्योसँगै भाइरस आएको हुन्छ र त्यसले सङ्क्रमित गर्न सक्छ ।

यथार्थ कुरा के हो भने चीनबाट आउने कुनै पनि सामानहरु सिल प्याक गरिएका हुन्छन् । ती सामान प्रयोग गर्नुपूर्व सिलप्याक हटाइन्छ । त्यसरी सिल प्याक गरेर आएको सामान पूर्ण रूपमा प्रयोग गर्नका लागि सुरक्षित हुने गर्छ ।

प्रश्न उठ्न सक्छः सिल प्याकभित्रको सामान त सुरक्षित होला तर बाहिरको चाहिँ नि ? अझ त्यो सिल प्याक गर्ने मानिस आफैं कोरोनाभाइरसले सङ्क्रमित थियो भने चाहिँ ?

यसको जवाफ के हो भने अरू कोरोनाभाइरस जस्तै यो नोबेल कोरोनाभाइरस पनि मानिसको शरीरभन्दा बाहिर लामो समयसम्म बाँच्नै सक्दैन । मानव शरीरभन्दा बाहिरको वातावरण यो बाँच्नका लागि अनुकूल नै हुँदैन ।

हो, यो भाइरस मानिसको शरीरभन्दा बाहिर केही समय अवश्य पनि बाँच्न सक्छ तर त्यो केही घण्टा वा केही दिनसम्म मात्र बाँच्न सक्छ । त्यो पनि त्यसले बस्न पाएको वस्तुको अवस्था हेरेर । त्यसबाहेक ब्लिच वा सफाइ गर्ने अरू रासायनिक पदार्थहरुको सम्पर्कमा आउँदा पनि यो भाइरस हटेर जान्छ ।

भ्रम ५   : सीमा बन्द गरेर भाइरस फैलिने कुरालाई रोक्न सकिन्छ

https://img3.secretchina.com

धेरै राष्ट्रले नोबेल कोरोनाभाइरस फैलिन नदिनका लागि यो उपाय अपनाएका छन् । सुरुमा चीनमा नोबेल कोरोनाभाइरसको सङ्क्रमण फैलिँदा थुप्रै राष्ट्रले चीनलाई प्रतिबन्ध लगाएका थिए र ऊसँगको हवाई उडानहरु पनि रद्द गरेको थिए । कतिसम्म भने कतिपय देशहरुले त चीनबाट आफ्ना नागरिकहरुको उद्धार पनि गरेका थिए । त्यसमा नेपाल पनि थियो ।

तर भाइरस सर्ने माध्यम भनेको मानिस वा वस्तु मात्रै हैन यो हावाबाट पनि सर्न सक्छ । यद्यपि कोरोनाभाइरसको सन्दर्भमा त्यो कुरा पुष्टि हुन बाँकी छ । तर भाइरसको सङ्क्रमण देखापर्ने बित्तिकै त्यहाँ कुनै अमानवीय गतिविधि भइरहेको छ भनेर व्यवहार गर्नु उचित हुन्न ।

यद्यपि सीमाहरु बन्द गर्दा मानिसहरुको आवातजावतमा पनि कमी आउँछ वा पूरै रोकिन पनि सक्छ । यस्तो स्थितिमा भाइरसको फैलावटलाई पूरै रोक्न नसके पनि त्यसलाई सुस्त गर्न वा कम गर्न भने अवश्य पनि सक्छ । यस अर्थमा यो चाहिँ पूर्ण भ्रम नभएर आंशिक भ्रम हो भनेर भन्दा फरक नपर्ला ।

भ्रम ६  : चिनियाँहरुलाई मात्रै यो भाइरसले सताउँछ

https://images.wsj.net

सुरुमा चीनको उहानमा भाइरसको सङ्क्रमण देखापर्दा धेरैले के ठाने भने यो भाइरसले चिनियाँहरुलाई मात्रै सताउँछ । वास्तवमा, सुरु सुरुको तथ्याङ्कहरु र घटनाक्रमहरुले मानिसलाई त्यस्तै भ्रममा पारेको थियो । किनभने धेरै मानिसलाई चमेरा वा सर्पको मासुबाट यो सर्छ भन्ने लागेको थियो र ती दुवै कुराहरु मूलतः चीनमा खाने गरिन्थ्यो पनि । तर चीनमा कोरोनाभाइरसको सङ्क्रमण पूरै नियन्त्रणमा आइसक्दा त्योभन्दा कैयौँ गुना बेसी यसको सङ्क्रमण चीन बाहिर फैलिएको छ । यस कुराले नोबेल कोरोनाभाइरस चिनियाँहरुलाई मात्र लाग्छ भन्ने कुरा गलत सावित भइसकेको छ ।

भ्रम ७  : यो भाइरसले खालि बुढापाकालाई मात्रै असर गर्छ

https://d2c7ipcroan06u.cloudfront.net

नोबेल कोरोनाभाइरसका कारण मर्नेहरुको ठूलो सङ्ख्यामा बुढापाका नै रहेका कारण यो खालको भ्रम सिर्जना हुनु कुनै अनौठो कुरा होइन । तर यसको अर्थ यो कदापि होइन कि नोबेल कोरोनाभाइरसले खालि बुढापाकालाई मात्रै असर गर्ने गर्छ । संसाभरिका घटनाक्रमहरुलाई नियाल्ने हो भने बुढापाकाहरु सँगसँगै युवा र बालबालिकालाई पनि सङ्क्रमित तुल्याएको सङ्ख्या ठूलो छ । यो भाइरसको सङ्क्रमणमा परेकामध्ये सबैभन्दा बढी बुढापाकाको मृत्यु हुनुको ठोस कारण चाहिँ तिनको प्रतिरक्षा प्रणाली कमजोर हुनु नै हो । अहिले कोरोनाभाइरस जटिल हुनुको एउटा मुख्य पक्ष पनि त्यही नै हो ।

भ्रम ८  : घरपालुवा जनावरले कोरोना सार्न सक्छ

https://a57.foxnews.com

धेरै मानिसले के सोच्छन् भने कोरोनाभाइरस जनावरबाट आएको हो, जसमा चमेरा र सर्पहरु समेत पर्छन् । त्यसकारण घरपालुवा जनावरहरुबाट पनि कोरोनाभाइरस सर्न सक्छ ।

कोरोनाभाइरस जनावरहरुमा हुन्छ भन्ने कुरा सत्य हो । तर यसको अर्थ यो होइन कि जनावरमा लाग्ने कोरोनाभाइरसले मानिसलाई पनि सङ्क्रमण गरिहाल्छ । वास्तवमा भन्ने हो भने जनावरमा पनि एउटा प्रजातिलाई सङ्क्रमित गर्ने कोरोनाभाइरसले अर्को प्रजातिका जनावरलाई नै पनि सङ्क्रमित गरिहाल्दैन ।

त्यसैले तपाईंका घरपालुवा जनावरलाई दिनुपर्ने भ्याक्सिन सही ढङ्गले दिइएको छ भने तपाईं डराइहाल्नु पर्दैन । तिनीहरुमा भएका भाइरसबाट तपाईं हत्तपत्त सङ्क्रमित भइहाल्नु हुन्न ।

भ्रम ९ : कोरोनाभाइरस सर्नका लागि लक्षण देखिएको हुनुपर्छ

https://s.abcnews.com

कोरोनाभाइरसको सङ्क्रमणका सन्दर्भमा सबैभन्दा डरलाग्दो र चिन्ताजनक भ्रम नै यही हो ।

सबैभन्दा पहिले बुझ्नैपर्ने कुरा के हो भने अहिले विश्वलाई नै त्राहिमाम बनाउँदै सङ्क्रमण फैलिइरहेको नोबेल कोरोनाभाइरस नितान्त नयाँ किसिमको भाइरस हो र यसका आनीबानीका बारेमा वैज्ञानिकहरुले पूर्ण रूपमा पत्ता लगाइसकेका छैनन् । यस अर्थमा गहन र विस्तृत अध्ययनहरुले एक रूपमा तथ्यहरु स्थापित नगरेसम्म यसका बारेमा सत्यतथ्य यही हो भनेर भन्न सकिने स्थिति छैन ।

अहिलेसम्म विभिन्न अध्ययनहरुले देखाएअनुसार नोबेल कोरोनाभाइरसको सङ्क्रमण सर्नका लागि सङ्क्रमित व्यक्तिमा रोगका लक्षणहरु देखिनै पर्छ भन्ने छैन । बरु केही अध्ययनहरुले त के समेत देखाएको छ भने सङ्क्रमणको लक्षण देखापरेको व्यक्तिमा भन्दा सङ्क्रमण भएको तर त्यसको लक्षण देखा नपरेको व्यक्तिमा चाहिँ नोबेल कोरोनाभाइरसको लोड बढी हुने गरेको समेत पाइएको छ ।

यसको सोझो अर्थ के हो भने नोबेल कोरोनाभाइरसले भेटेको तर सङ्क्रमणको लक्षण नदेखको व्यक्तिबाट पनि यो भाइरसको सङ्क्रमण सर्ने निश्चित छ, बरु अरू भन्दा झन् बढी सर्ने सम्भावना धेरै छ । 

भ्रम १०  : गहुँत खाँदा कोरोनाले छुँदैन

https://i.dailymail.co.uk

गाईको गहुँत खाँदा कोरोनाभाइरसले छुँदैन भन्ने कुरा धेरै हदसम्म आस्थासँग सम्बन्धित कुरा हो । यथार्थमा त्यसले कोरोनाभाइरसका विरुद्धमा लड्न, लाग्न नदिन वा निको पार्न सक्छ भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित तथ्य हैन । धार्मिक आस्थाको चस्मा फुकालेर हेर्ने हो भने गाई पनि अरू प्राणी जस्तै विशुद्ध स्तनपायी प्राणी हो र बरु त्यसको गहुँतको सेवनले उल्टै अन्य जटिलताहरु आउन सक्ने सम्भावना चाहिँ बढी रहन्छ ।

गहुँतको सेवनले मानिसमा भावनात्मक रूपमा आफू सुरक्षित हुन सक्छु भन्ने विश्वासजन्य आत्मबल वृद्धि त हुन सक्ला तर त्यसैले कोरोनाभाइरसबाटै बचाउँछ वा निको पार्छ भन्ने कुरा चाहिँ विज्ञान र सत्यतथ्यसँग गाईको दाम्लो बेचेजत्तिको पनि सम्बन्ध छैन ।

यसै सम्बन्धमा बुझ्नै पर्ने कुरा के पनि हो भने सबै पहेलो वस्तु सुन हुन सक्दैन भने जस्तै कदाचित गाईको गहुँतले कुनै पनि किसिमले अरू कुनै फाइदाहरु (कोरोना निको पार्ने चाहिँ हैन) नै गर्छ भने पनि त्यो गहुँत कस्तो गाईबाट सङ्कलन गरिएको हुनुपर्छ भन्ने कुरा पनि अर्कै अध्ययन अनुसन्धानको विषय हो । केही गरी खानका लागि गहुँत सङ्कलन गरिएका गाई नै अरू कुनै रोग वा सङ्क्रमणबाट ग्रसित छ भने त्यसले फाइदा हैन, उल्टै प्रत्युत्पादक नतिजा ल्याउने कुरामा सचेत हुनु जरुरी छ ।

भ्रम ११ : अदुवा, लसुन, बेसारले कोरोना रोक्छ

https://smedia2.intoday.in

अदुवा, लसुन, बेसार वा पूर्वीय मसलाहरुले कोरोनाभाइरसको सङ्क्रमण रोक्छ भन्ने कुरा अहिलेसम्म तथ्य र प्रमाणहरुले पुष्टि भइसकेकेका कुरा हैन । तर यसको अर्थ यो पनि होइन कि ती मसलाहरुले कुनै पनि काम नै गर्दैनन् । खासगरी विभिन्न अध्ययन अनुसन्धानहरुले प्रमाणित गरिसकेको तथ्य चाहिँ के हो भने ती मसलाहरुमा जीवाणु, विषाणु प्रतिरोधी तत्व पर्याप्त मात्रामा पाइन्छन् र तिनले मानिसको शरीरको रोग प्रतिरोधी क्षमतालाई पनि बढाउने काम गर्छ ।

हाल नयाँ कोरोनाभाइरसको सन्दर्भमा पनि प्रमाणित भइसकेको तथ्य पनि के हो भने यो भाइरसको सङ्क्रमण र घातकता सबैभन्दा बढी रोग प्रतिरोधक क्षमता कमजोर भएका मानिसहरुमै हुने गर्छ । यस अर्थमा पनि ती मसलाहरुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने गुणलाई पूरै बेवास्ता गर्न मिल्दैन ।

तर यसको अर्थ यो कदापि हैन कि ती ती मसला धेरै खाँदैमा रोग प्रतिरोधी क्षमता पूरै बढिहाल्छ भन्ने हैन । हरेक कुराको सीमा हुन्छन् र त्यसले सही ढङ्गले काम गर्नको लागि त्यसको सही मात्रा, सही ढङ्गले सही समयमा सेवन गर्नु जरुरी हुन्छ ।

भ्रम १२ : रक्सीले कोरोना रोक्छ

https://res.cloudinary.com

रक्सीले कोरोना रोक्छ भन्ने अत्यन्तै गलत कुरा हो । रक्सीले कोरोनाभाइरसको सङ्क्रमण रोक्ने होइन बरु रक्सी सेवनले मानिसको शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर तुल्याउने हुनाले उल्टै रक्स्याहा मानिसलाई चाहिँ चाँडै कोरोनाको सङ्क्रमण सर्ने खतरा बढी रहन्छ ।

के कुरा चाहिँ सत्य हो भने रक्सीले कोरोनाभाइरसलाई निष्क्रिय पार्न चाहिँ सक्छ । वास्तवमा रक्सीमा हुने अल्कोहलले मानिसको शरीरभन्दा बाहिरका वस्तुमा रहेका कोरोना भाइरसलाई चाहिँ निष्क्रिय तुल्याउने देखिएको छ । त्यसैले रक्सी खाएर हैन रक्सीले हात धोएर, रक्सीले जमिन, भुइँ, टेबुल, कुर्सीहरु पुस्दा चाहिँ सङ्क्रमण फैलिने सम्भावना कम रहन्छ ।

बुझ्नैपर्ने कुरा

सजिलोसँग बुझ्ने गरी भन्नुपर्दा, शरीरको रोग प्रतिरोधी क्षमता राम्रो भएका मानिसलाई कोरोनाभाइरसले समातिहाल्न सक्दैन र समातिहाले पनि थला पारिहाल्दैन । यसबाट बच्ने, जोगिने र भेटिहालेमा पनि कालको गाँस बन्न नदिनको लागि प्रमुख सर्त हो– सतर्कता ।

हो, यस भाइरसको महामारी चलिरहेको बेला आवश्यक सतर्कता अपनाउने हो भने यसलाई परास्त गर्न सम्भव छ । कोरोनाभाइरसलाई परास्त गर्नका लागि तपाईं हामी सबैको सामूहिक प्रयास र अनुशासित व्यवहार जरुरी छ ।

चीनले देखाइसकेको छ, शासनले कडा उपायहरु अवलम्बन गर्ने हो र आम जनताले पनि त्यसलाई इमानदारितापूर्वक पालना गर्ने हो भने कोभिड–१९ को महामारीलाई नियन्त्रण गर्न सम्भव छ । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को महामारीलाई नियन्त्रण गर्ने सन्दर्भमा चीनले अपनाएको तौरतरिकालाई त्यत्तिकै प्रशंसा गरेको होइन । अनि उसले विश्वकै इतिहासमा पहिलो पटक कोरोनाभाइरसले विश्व महामारी फैलाइरहेको अहिलेको डरलाग्दो अवस्थामा पनि यो भाइरसको महामारी नियन्त्रण गर्न सकिने खालको छ भनेर यसलाई विश्व महामारी घोषणा गर्दाखेरि हचुवाको आधारमा भनेको पनि होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप