शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्पेनका फुटबल प्रशिक्षकको कोरोनाका कारण २१ वर्षमा मृत्यु

मङ्गलबार, ०४ चैत २०७६, १० : ५६
मङ्गलबार, ०४ चैत २०७६

स्पेनका फुटबल प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको २१ वर्षको उमेरमा कोरोनाका कारण मृत्यु भएको छ ।

ग्रासियाले मालागामा अवस्थित एट्लेटिको पोर्टाडा अल्टाको युथ टिमको म्यानेजरको रुपमा सन् २०१६ देखि काम गर्दै आएका थिए ।

उनलाई गत हप्ता कोभिड–१९ को संक्रमण देखिएपछि उपचारका लागि मालागाको क्षेत्रीय अस्पताल पर्‍याइएको थियो ।

अस्पतालमा भर्ना भएपछि ग्रासियालाई ल्युकेमिया (रक्त क्यान्सर) समेत भएको पत्ता लाग्यो । रक्त क्यान्सरबाट ग्रसित उनलाई कोरोना भाइरसले  थप गालेको थियो जसका कारण अन्ततः उनको ज्यान नै गयो ।

कोरोना भाइरसका कारण मृत्यु हुनेमा उनी पहिलो युवा भएको अनुमान गरिएको छ ।

एट्लेटिको पोर्टाडा अल्टाले ग्रासियको मृत्युमा एक आधिकारिक वक्तव्य सोसल मिडियामार्फत् सार्वजनिक गरेको छ, जसमा भनिएको छ, ‘हाम्रो कोच फ्रान्सिस्को ग्रासियाको परिवार, साथीभाइ तथा आफन्तमा गहिरो समवेदना प्रकट गर्छौं । उहाँले दुर्भाग्यवश हामीलाई आज छोडेर जानुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप