बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

९७ वर्षका भारतका दिग्गज कलाकार दिलिप कुमार क्वारेन्टाइनमा

मङ्गलबार, ०४ चैत २०७६, १० : ००
मङ्गलबार, ०४ चैत २०७६

भारतका दिग्गज कलाकार दिलिप कुमारले आफू क्वारेन्टाइनमा भएको जानकारी दिएका छन् । उनले नोभेल कोरोनाभाइरसको महामारीबाट बच्नका लागि सावधानीस्वरुप आफूलाई पूर्ण आइसोलेशन र क्वारेन्टाइनमा राखेको बताएका छन् ।

९७ वर्षका नायकले आफ्नो स्वास्थ्यबारे ट्वीटरमा जानकारी दिएका छन् । उनकी श्रीमती सायरा बानुले उनलाई कुनै संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरिरहेको पनि उनले बताएका छन् ।

‘कोरोना भाइरसको संक्रमणपछि मैले आफूलाई पूर्ण रुपमा आइसोलेशन र क्वारेन्टाइनमा राखेको छु,’ कुमारले ट्वीट गरे । ‘सायराले मलाई कुनै पनि संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरेकी छिन् ।’

नायक दिलिप कुमारले आफ्ना प्रशंसक र फलोअर्सलाई सकेसम्म घर भित्रै बस्न  आग्रह गरेका छन् ।

‘कोरोनाभाइरसले सबै सीमा पार गरिरहेको छ,’ उनले भने । ‘स्वास्थ्य विभागले जारी गरेको गाइडलाइन अनुसरण गर्नुहोस्, अरुलाई कमै भेट्नुहोस् ।’

गत हप्ता बानुले दिलिप कुमारलाई अत्यधिक ढाड दुख्ने समस्या देखिएको बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप