अमेरिकन आइडलमा दिवेश पोखरेलले गाउँदा तीनैजना जजले उभिएर भने, ‘वान्स मोर’ (भिडियो)
अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा दिएको प्रस्तुतीमा तीनैजना जज निकै प्रभावित भएका छन् ।
स्टेज नाम आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डललाई चित्त बुझेन तसर्थ गीतलाई निरन्तरता दिन आग्रह गरे ।
सुरुमा केटी पेरीले उठेर ‘मोर...’ भनेर चिच्याइन् । त्यसपछि तीनैजना जज उठेर ‘मोर...’ भन्न थाले । दिवेशले निर्णायक मण्डलको चाहना अनुरुप फेरि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए ।
आफ्नो प्रस्तुती अघि दिवेश अभिवादन स्वरुप ‘नमस्ते’ भने । दर्शकदीर्घामा रहेकी उनकी दिदी रुपाले नमस्ते भनेर चिच्याउँदा तीनैजना निर्णायकले खुसी भएर उनलाई पुलुक्क हेरे ।
दिवेशले आफ्नो प्रस्तुती निरन्तरता दिँदा निर्णायक मण्डलमा रहेका तीनैजना उभिएर ताली बजाउँदै उनको तालमा ताल मिलाए । जज ल्यूक ब्रायनले त दिवेशसँगै गाए पनि । उनको प्रस्तुतीका बेला दर्शक पनि निकै उत्साहित देखिन्थे ।
प्रस्तुती पछि दिवेशले त्यसलाई निकै राम्रो अनुभव बताए । ‘मैले आफूलाई निर्णायक मण्डल र दर्शकसँग पूर्ण रुपमा जोडिएको महसुस गरेँ । निर्णायकहरु उभिनु भएको थियो र मसँगै गाउँदै रमाइरहनुएको थियो । यो निकै अद्भूत क्षण हो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर