शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हलिउड अभिनेत्री ओल्गा कोरोनाभाइरसबाट संक्रमित

मङ्गलबार, ०४ चैत २०७६, ०८ : ५४
मङ्गलबार, ०४ चैत २०७६

हलिउड अभिनेत्री ओल्गा कुरलेन्को कोरोनाभाइरसबाट संक्रमित भएकी छन् । जेम्स बान्डको फिल्म ‘क्वान्टम अफ सोलेस’ मा भूमिकामा निभाएकी ओल्डालाई कोरोनाभाइरस ‘पोजेटिभ’ देखिएको हो ।

अभिनेत्री ओल्गाले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा घरको झ्यालको तस्बिर शेयर गर्दै आफू कोरोना भाइरस संक्रमित भएको जानकारी गराएकी हुन् । 

४० वर्षीया ओल्गा एक सातादेखि बिरामी परेकी थिइन् । 

उनले कोरोना परीक्षणपछि उनले आफूलाई कोठाभित्र बन्द  गरेर राखेको जानकारी गराएकी छन् । उनलाई सुरुमा ज्वरो आएको र थकान महसुस हुने जस्ता लक्षणहरु देखिएका थिए । त्यसपछि उनले कोरोनाभाइरस टेस्ट गराएकी थिइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप