कोरोनाभाइरस : स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु
मङ्गलबार, ०४ चैत २०७६, ०८ : २०
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट स्पेनमा एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ । मालागास्थित एथ्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको सोमबार राति निधन भएको हो ।
२१ वर्षीय गार्सियालाई कोरोनाको लक्षण देखिएपछि अस्पताल लगिएको थियो । उनलाई परीक्षण गर्दा ब्लड क्यान्सर समेत भएको पत्ता लागेको थियो । गार्सियाको उपचारकै क्रममा मृत्यु भएको समाचारलाई फुटबल खेल सम्बन्धी लोकप्रिय अनलाइन गोल डटकमले प्रकाशित गरेको छ ।
महामारीको रुपमा चीन हुँदै विश्वभर फैलिएको कोरोना भाईरसको प्रकोप अहिले युरोपियन मुलुकमा बढी देखिएको छ । इटाली र युरोपमा कोरोनाको महामारी बढेको छ । स्पेनले अहिले देशमा आपतकालिन अवस्थाको घोषणा समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान