बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चलचित्र पत्रकार संघमा नयाँ नेतृत्व

मङ्गलबार, ०४ चैत २०७६, ०८ : १६
मङ्गलबार, ०४ चैत २०७६

काठमाडौं । नेपाल चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला  निर्वाचित भएका छन् । 

सोमबार आयोजित संघको आठौँ महाअधिवेशनमा प्रतिस्पर्धी डब्बु क्षेत्रीलाई पराजित गर्दै सिटौला अध्‍यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै संघको उपाध्यक्ष (कार्यक्रम) तर्फ जीवन पराजुली अर्का उपाध्‍यक्ष (संगठनतर्फ) कुवेर डंगोल, महिला उपाध्‍यक्षमा दीपज्‍योति थापा, महासचिवमा समीर बलामी, सचिव (खुल्ला) तर्फ रघुनाथ सापकोटा , सचिव (जनजाति) तर्फ विशाल राई निर्वाचित भएका छन् ।

प्रदीप कार्की संघको कोषाध्‍यक्षमा निर्वाचित भएका छन् भने सह–कोषाध्‍यक्षमा विनोद पोखरेल विजयी भएका हुन् ।

संघको सदस्‍यहरुमा मिलन ढुगाना, नविन गिरी, गणेश ओली ‘आशिश’, सृष्टि पोखरेल, सुरक्षा भट्टराई (महिला), मनिषा दाहाल ‘अन्जान’, गोपीकृष्ण चापाँगाई र दीपक गुरुङ (समावेशी) आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप