यसरी बनाइन्छ बिस्केट जात्राको रथ (फोटोफिचर)
काठमाडौं । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्राको रथ बनाउन सुरु गरिएको छ । वर्ष नयाँ वर्ष आगमनको चार दिनअघिदेखि पाँचतले मन्दिरअगाडि राखेर प्यागोडा शैलीमा काठैकाठबाट तीनतले रथ
बनाइन्छ।
त्यसका लागि एक महिना अघिनै त्यसको आवश्यक काठ जुटाएर त्य सकाे आकार दिने गरिन्छ । जसमा कासी, बेलासी, चिलाउने जातका काठबाट प्रयोग गरिन्छ ।
यस्तै रथ बनाउँदा ६ वाइ ६ को २२ फिट लामो सालको ४ वटा गल प्रयोग गरिन्छ । यस्तै मोटा मोटा ट्वाकलहरु प्रयोग गरिन्छ । त्यसले रथ हल्लिदा पनि भाचिन दिँदैन । ७० वर्षपहिले जुन काठबाट रथ बनाइन्थ्यो अहिले पनि त्यही काठबाट रथ तयार गरिन्छ ।
उक्त रथ तान्न शुरु गरेसँगै जात्रा प्रारम्भ हुने प्रचलन छ। नयाँ वर्षका दिने देखि सुरु भएर आठ रात नौ दिन मनाइने जात्रामा रथ तान्ने र लिंगो उठाउने कुरालाई मुख्य आकर्षण मानिन्छ ।
जात्राको पहिलो दिन रथमा खड्ग, तरबार र निशान राखेर विशेष पुजारीद्वारा पूजाआजा तथा स्थानीयवासीले समेत छुट्टा–छुट्टै पूजाआजा गरिसकेपछि रथ तानेर जात्रा सुरु गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी