बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोसँग सम्झौता नवीकरण गर्दै युभेन्ट्स

सोमबार, ०३ चैत २०७६, १९ : १५
सोमबार, ०३ चैत २०७६

एजेन्सी । इटालियन क्लब युभेन्ट्सले सुपर स्टार क्रिस्टियानो रोनाल्डोसँगको सम्झौता नवीकरण गर्ने भएको छ ।

युभेन्ट्सले रोनाल्डोसँग थप दुई वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गर्ने तयारी गरेको हो । उमेरले ३५ बर्ष पुगेका रोनाल्डोले आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राखेकाले युभेन्ट्सले रोनाल्डोसँगको सम्झौता नवीकरण गर्न लागेको हो ।

रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन महारथि युभेन्ट्समा आबद्ध भएका थिए । युभेन्ट्समा पनि उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रोनाल्डोको क्लबसँगको सम्झौता सन् २०२२ सम्म रहेको छ ।

तर, युभेन्ट्सले रोनाल्डोलाई ३९ वर्षको हुँदासम्म क्लबमै राख्न चाहेको छ । राम्रो फर्ममा रहेका रोनाल्डोको सानदार प्रदर्शनमा युभेन्ट्सले सिरी ए र च्याम्पियन्स लिगमा उत्कृष्ट नतिजा निकालि रहेको छ । रोनाल्डोले यस सिजनमात्र ३२ खेल खेल्दै २५ गोल गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप