शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विन केसीको ह्याट्रिक

सोमबार, ०३ चैत २०७६, १८ : ३३
सोमबार, ०३ चैत २०७६

काठमाडौं । सविन केसीको ह्याट्रिक गरेपछि खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा श्रीकुमारी क्लबमाथि सानदार जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा खुमलटारले श्रीकुमारी क्लबलाई ३–१ गोलले हरायो । 

खुमलटारका जितमा सविन केसीले ह्याट्रिक पूरा गरे । श्रीकुमारीका मिसन लामाले सान्त्वना गोल पर्काएका थिए । सविनले नवौं मिनेटमा गोलगर्दै खुमलटारलाई अग्रता दिलाए । १३औं मिनेटमा श्रीकुमारीका मिसनले बराबरी गोल फर्काए । त्यसपछि १५औं मिनेटमा सुविनले गोलगर्दै खुमलटारलाई फेरि अग्रता दिलाए । 

सुविनले ४२औं मिनेटमा गोल ह्याट्रिक पूरा गरेका थिए । जितसँगै खुमलटार दोस्रो स्थानमा उक्लिएको छ । खुमलटारले पाँच खेलबाट १३ अंक बनाएको छ । तीन अंक बनाएको श्रीकुमारी १०औं स्थानमा छ । शीर्षस्थानमा आसिन सातदोवाटो युथ क्लबको १५ अंक छ । बाँसबारी १२ अंक सहित तेस्रो स्थानमा छ । 

अर्को खेलमा श्रीभगवती युथ क्लब र टुसाल युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलमा पहिले लिएर पनि श्रीभगवतीले अन्तिममा सम्हालिन नसक्दा अंक बाँडेको थियो । मोहनबहादुर थापाले गोल गर्दै आठौं मिनेटमा श्रीभगवतीलाई अग्रता दिलाए । 

दोस्रो हाफको इन्जुरी समयमा संगम शाहीले गोल गर्दै टुसाललाई हारबाट जोगाएका थिए । बराबरीसँगै पाँच खेलबाट आठ अंक बनाएको टुसाल पाँचौं स्थानमा छ । पाँच खेबलाट पाँचै अंक बनाएको श्रीभगवती सातौं स्थानमा छ । 

चैत २३ गतेसम्म सञ्चालन हुन लिगको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप