शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सोमबार, ०३ चैत २०७६, १२ : ०९
सोमबार, ०३ चैत २०७६

बाँके । १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-२ आनन्दनगर बस्ने २८ वर्षीय चित्र बहादुर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई घरसम्म पुर्‍याईदिन्छु भन्दै भे.१ च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका-४ गाबरस्थित होमस्टेमा लगेर जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।      

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप