कोरोनाको प्रभावः भारतमा ३१ मार्चसम्मको लागि फिल्म, सीरीयल र वेब सीरीज को शुटिङ स्थगित
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि हिन्दी फिल्म, सीरियल र वेब सीरीज हरुको शुटिङ स्थगित गरिएको छ ।
आइतबार बसेको इन्डियन मोशन पिक्चर्स प्रोड्युसर्स एसोसियसन (आईएमपीपीए) को बैठकले १९ मार्चदेखि ३१ मार्चसम्म सम्पूर्ण फिल्मका शुटिङ बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण बढिरहेको समयमा फिल्म, टेलिभिजन र वेब सीरीज को शुटिङ गर्नु उचित नभएको भन्दै बन्द गर्न लागिएको आईएमपीपीएका एक सदस्यले भारतीय सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।
देशभित्र र बाहिर पनि फिल्मको शुटिङ भइरहेको र यो फैसलापछि सम्पूर्ण शुटिङ बन्द गर्नुपर्ने बताइएको छ ।
हिन्दी फिल्म उद्योगका सम्पूर्ण शुटिङ ३१ मार्चसम्म बन्द गरिने र पुनः ३० मार्चमा संयुक्त बैठक बसेर अर्को निर्णय लिने बताइएको छ ।
ALL shootings to come to a halt from 19 to 31 March 2020... OFFICIAL statement... #CoronaVirus #COVID19 pic.twitter.com/GGxEcdiogr
— taran adarsh (@taran_adarsh) March 15, 2020