पार्टीमा बाँकी सब निर्जीव प्राणी मात्रै रहेको आग्रह पाल्नु हुन्न : टंक कार्की
पार्टी एकता भएर नेकपा बनेको लामो समय बितिसक्दा पनि पार्टीले गति पक्रन सकेको छैन । पार्टी संगठनात्मक दृष्टिकोणले हेर्दा वर्तमानमा नेकपाको स्थिति ‘नहाँसको चाल, न कुखुराको चाल’ भन्ने अवस्थामा छ ।
त्यसै स्थितिको सटीक विश्लेषण गर्दै नेकपाका नेता तथा वामपन्थी बुद्धिजीवि टंक कार्कीले एउटा फेसबुक स्टाटस शेयर गरेका छन् ।
प्रश्नाेत्तर शैलीमा लेखिएको उनको स्टाटस यस्तो छः
1. ‘सहमतिको दुई मुख्य व्यक्ति प्रचण्ड र केपी शर्मा ओली हो ।'
१००% ठीक । उ बेलाका दुई पार्टीका प्रमुख वारिस । एकीकृत पार्टीका प्रमुख नेता । त्यस हद सम्म वहाँहरुको मानमनितोमा कहीं कत्तै तलवितल हुनु हुँदैन ।
2. 'दुई अध्यक्षबीच सहमति नभएसम्म पार्टीमा निर्णय हुन सक्दैन।'
१००% गलत । सहमति हुनु राम्रो तर न हुँदा निर्णय लिन सकिदैन भनेर पार्टीको वैधानिक व्यवस्थामा त्यस्तो अनुमति कहीं कत्तै दिईएको छैन । त्यसो हो भने त पार्टीका यावत संरचना कठपुतली बन्न पुग्छन् । राणाको, राजाको निरंकुसता लडेर आ'को पार्टी हो यो । पार्टी एकीकरणको मर्म पनि 'दुई अध्यक्ष'को सिण्डिकेट होइन ।
3. 'अर्को बाटो रोजे एकीकरण नै अप्ठेरोमा पर्छ।'
दुईअध्यक्षको मत न बाझ्नु राम्रो हो । कथं बाझेमा 'एकीकरण नै अप्ठ्यारोमा' पर्नु पर्ने खण्ड छैन । त्यो ध्रुविकरण ल्याउने स्थिति पार्टी भित्रको यथार्थ होइन पनि । त्यसलाई हल गर्ने क्षमता पार्टीमा छ - पार्टीमा बाँकी सब निर्जीव प्राणि मात्रै रहेको आग्रह पाल्नु हुन्न । त्यसलाई हल गर्ने हठले होइन । बाल रोदनले पनि होइन । वैधानिक मार्ग छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल