शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाँसबारीलाई नयाँवस्तीको धक्का

आइतबार, ०२ चैत २०७६, १९ : ४३
आइतबार, ०२ चैत २०७६

काठमाडौं । शहिद स्मारक बी’ डिभिजन लिगको उपाधि जित्ने लक्ष्यमा रहेको बाँसबारी क्लबलाई नयाँबस्ती युवा क्लबको नराम्रो धक्का लागेको छ । एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा नयाँबस्तीले बाँसबारीलाई १–० गोलले हरायो । नयाँबस्तीको कठिन जितमा साजन राईले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । खेलको अन्तिममा सम्हालिन नसकेको बाँसबारीले गोल खाएको थियो । हारेपनि दोस्रो स्थानमा रहेको बाँसबारीको १२ अंक छ ।

जितसँगै नौ अंक बनाएको नयाँबस्ती चौथो स्थानम छ । बाँसबारीको हारले शीर्षस्थानमा रहेको सातदोवाटो युवा क्लबलाई फाइदा पुगेको छ ।  सातदोवाटोको १५ अंक छ ।  आइतबारनै भएको अर्को खेलमा झम्सीखेल युवा क्लब र पुल्चोक स्पोर्ट्स क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । पुल्चोकका लागि आकाश रानाले सुरुवाती गोल गरे । झम्सीखेलका मदन साङ्तानले बराबरी गोल फर्काएका थिए । बराबरीसँगै पाँच अंक बनाएको झम्सिखेल आठौं स्थानमा छ । लिगमा पहिलो अंक पाएको पुल्चोक पुछारबाट दोस्रो स्थानमा छ ।  

चैत २३ गतेसम्म सञ्चान हुने लिगमा ‘बी’ डिभिजनका १२ क्लबको सहभागिता रहेको छ । लिगको विजेता टोली ‘ए’ डिभिजनका बढुवा हुनेछ । अन्तिममा रहने टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ । यसको साथै लिगको विजेताले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप