आफ्नै होटललाई अस्पताल बनाउँदै रोनाल्डो
एजेन्सी । कोरोना भाइरसको संक्रमण फैलिएसँगै पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पतालमा परिवर्तन गर्न सुरु गरेका छन् । पोर्चुगलमा समेत कोरोनाको संक्रमण बढ्न थालेपछि रोनाल्डोले विरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा रुपान्तरण गरेका हुन् ।
रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको अन्तर्राष्ट्रि«य सञ्चार माध्यामले जनाएका छन् । रोनाल्डोले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गरेर कोरोना संक्रमित विरामीको नि:शुल्क उपचार गर्न लागेको बताईएको छ । रोनाल्डोले विरामीको उपचार, औषधी, बस्ने र खाने सबै खर्च नि:शुल्क गर्न लागेका हुन् । उपचारमा सम्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि रोनाल्डोले ब्यक्तिगत गर्नेछन् ।
फुटबलमा विश्वभर ख्याती कमाएका रोनाल्डो सामाजिक कार्यमा पनि मनकारी छन् । रोनाल्डो खेलाडीको रूपमा मात्र नभई मानवीय गुणले पनि भरिपूर्ण ब्यक्ति भएको भन्दै उनको अहिले विश्वभर तारिफ भइरहेको छ । इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना संक्रमण भएको भन्दै घरमै ‘क्वारेन्टाइन’ मा राखिएको थियो । तर प्रशिक्षणपछि उनमा कोरोनाको संक्रणम फेला परेको थिएन । पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई कोरोना संक्रमित भएको पृष्टि भएको छ । अहिलेसम्म कसैको ज्यान भने गएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु