बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामले अझै ठाउँ पाएनन् आफ्नै संसदीय दलमा

शनिबार, ०१ चैत २०७६, २१ : १२
शनिबार, ०१ चैत २०७६

काठमाडौं । तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकीकरण भएको झण्डै एक वर्ष पुरा हुन लागेको छ । तर, हालसम्म पार्टी एकताले पूर्णता पाएको छैन ।

यहाँसम्म कि तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा ठाउँ पाएका छैनन् । उनी हालसम्म आफ्नै पुरानै संसदीय दलको कार्यालयमा बस्दै आएका छन् । तत्कालीन नयाँ शक्तिबाट डा.भट्टराई मात्र सांसद हुन् । 

समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले डा.भट्टराईलाई पनि समाजवादी पार्टीकै संसदीय दलको कार्यालयमा व्यवस्थापन गर्न संसद सचिवालयलाई भनेको तर हालसम्म व्यवस्थापन गर्न नसकेको बताए ।

पार्टी एकीकरण भइसकेपछि संसदीय दल एकै ठाउँमा हुनुपर्ने हो तर सचिवालयले त्यसको व्यवस्थापन गर्न सकेको छैन । समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष रहेका डा.भट्टराई संसदीय दलको कार्यालयमा कुनै बैठक भए मात्र आउने गरेका हुन्छन् नत्र उनी अधिकांश समय छुट्टै रहेको आफ्नो कार्यकक्षमा बसि रहेका हुन्छन् ।

उनकको कागजात वा चिठी पत्र आँउँदा समाजवादी पार्टी संसदीय दलको कार्यालयमा खटिएका कर्मचारीले डा.भट्टराईको कार्यकक्षमा पुर्याई दिने गरेका छन् । समाजवादी पार्टी संसदीय दलको कार्यालय संसद सचिवालयका  भवन २ मो चौथो तल्लामा रहेको छ भने डा.भट्टराईको कार्याकक्ष तत्कालि एमाले पार्टीको संसदीय दल कार्यालय नजिक रहेको छ । 

समाजवादी पार्टीका कुनै नेतालाई डा.भट्टराईसँग कुनै छलफल गर्नुपर्यो उनकै कार्यकक्षमा जानेका गरेका छन् । त्यस्तै सो पार्टीको कुनै सांसद वा कसैसँग केही छलफल गर्नुपरे उनले आफ्ने कार्यकक्षमा बोलाउने गरेका छन् । यसले गर्दा पार्टी संसदीय दलको काम कारवाहीमा समस्या हुने गरेको बताइएको छ । 

संसद सचिवालयले यसको व्यवस्थापन चाँडै गर्ने पर्ने समाजवादी पार्टीले भन्दै आएको छ तर ढिलासुस्तीका कारण आफूहरुको काम प्रभावित हुने गरेको प्रमुख सचेतक अरगरियाले बताए । 
तर संसद सचिवालयका कर्मचारीले भन्छन्, डा.भट्टराईका लागि कार्यकक्ष समाजवादी पार्टी ससंदीय दलको कार्यालयमा तयार छ तर उहाँ त्यहाँ बस्न रुचाउनु भएको छैन ।

समाजवादी पार्टी संसदीय दलका अधिकृत नरमान महर्जनका अनुसार डा.भट्टराईका लागि पनि कार्यकक्ष तयार छ, उनलाई देखाए पनि तर उनले आफू बसेको ठाउँ नै ठिक छ भनि उतै बसेको बताए ।

समाजवादी पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले पनि समाजवादी पार्टीका संसदीय दलमा सर्दा पनि हुन्थ्यो तर पुरानै ठाउँमा बस्न बानी परेका हुनाले डा.भट्टराई त्यहाँ नसरेको बताए । पुरानो ठाउँमा पनि समाजवादी पार्टीकै भएको हुनाले त्यहाँ बस्नु र यहाँ बस्नुमा कुनै फरक नरहेको उनले बताए ।

पार्टी एकीकरण हुने वित्तिकै बबरमहलमा रहेको तत्कालिन नयाँ शक्ति पार्टीको कार्यालय सारेर बालकुमारीस्थित समाजवादी पार्टीको कार्यालयमा लगेको थियो । अर्थात पार्टी कार्यालय तत्कालै समायोजन गरी डा.भट्टराईसहित उनका साथमा आएका नेताहरुको कार्यकक्षहरु व्यवस्थापन गरेको थियो तर हालसम्म संसदीय दलमा भएको छैन । 

त्यसो त तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरण भएको झण्डै दुई वर्ष हुन लागेको छ तर हालसम्म संसदीय दल समायोजन हुन सकेको छैन । तत्कालीन एमालेका सांसद पुरानै आफ्नै संसद दलमा बस्छन् भने तत्कालिन माओवादी केन्द्रका सांसद पनि तत्कालीन आफ्नै पुरानै संसदीय दलमा बसिरहेका छन् । 

दुवै दललाई समायोजन गर्नका लागि प्रयास नभएको पनि होइन तर ठाउँको अभाव देखाउँदै अहिलेसम्म संसदीय दल एक ठाउँमा आउन सकेको छैन । तत्कालिनस माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नै एकीकृत नेकपाको संसदीय दलको कार्यालय राख्ने सहमति पनि भएको छ ।

प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओली त्यहाँ बस्छन् भनेर सो भवनमा लिफ्ट पनि जडान गर्यो तर हालसम्म दुवै संसदीय दल एक ठाउँमा आउन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप