शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ठमेलमा खुल्यो अर्को पर्यटन परिषद्

शनिबार, ०१ चैत २०७६, २० : २६
शनिबार, ०१ चैत २०७६

ठमेल क्षेत्रका पर्यटन व्यवसायीको हक, हितका लागि पश्चिम ठमेल पर्यटन परिषद् गठन भएको छ । राजधानीको ठमेलमा आयोजित एक कार्यक्रमकाबीच सन्तोष पाण्डेको अध्यक्षतामा १३ सदस्यीय  परिषद्को गठन गरिएको हो । 

परिषद्को कार्यसमिति प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ, द्वितीय उपाध्यक्षमा दिपक श्रेष्ठ, महासचिव मन्दिप गिरि, सचिवमा आशिक अमात्य र कोषाध्यक्षमा मुखिया गुरुङ र सह–कोषाध्यक्षमा राजेन्द्र कुँवर रहेका छन् । यस्तै सदस्यहरुमा आनन्द पाण्डे, मात्रिका रिजाल, अमूलचन्द्र प्रधान, लक्ष्मण अर्याल, हरिकुमार श्रेष्ठ र एञ्जिला तिमिल्सिना रहेका छन् ।

काठमाडौं महानगरपालिका – १६ का वडाध्यक्ष मुकुन्द रिजालले पकनाजोल, सोह्रखुट्टे, कालधारा क्षेत्रमा बिजुली, पार्किङ, ढल, फोहर महानगरपालिकाले उठाए पनि हामीले आप्mनो घर मात्र नभई टोल नै सफा सुग्घर बनाउनुपर्ने बताए ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले ठमेल क्षेत्रका व्यवसायीहरुको सुरक्षा र संरक्षणकाका साथै व्यवसायीले पर्यटकलाई गर्ने व्यवहार र उचित सेवाको बारेमा जानकारी दिन परिषद् गठन गरिएको बताए । 

परिषद्ले परिषद्को उद्देश्य र विधानमा सहमति जनाउने व्यक्तिहरुलाई सदस्यता बनाउने निर्णय गरेको छ भने नयाँ सदस्यताका लागि तीन हजार पाँच सय रुपैयाँ र वार्षिक सदस्यता शुल्कका रुपमा १ हजार ५ सय रुपैयाँ तोकेको छ । 

ठमेल क्षेत्रमा ठमेल पर्यटन विकास परिषद नामको अर्को संस्था अहिलेपनि क्रियाशील छ । यो संस्थाले भने ठमेल क्षेत्रको पनि पश्चिमी भागलाई मात्रै समेट्ने लक्ष्य लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप