शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानको सीमा हरेफेर गर्ने बहस उचित छैन : मन्त्री ज्ञवाली

शनिबार, ०१ चैत २०७६, १८ : ५५
शनिबार, ०१ चैत २०७६

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानको सीमा हरेफेर गर्ने बहस उचित नभएको बताएका छन् ।  उनले अहिले संविधान कार्यान्वयन गर्ने समय भएकाले संविधान हेरफेरको बहस गर्ने समय नभएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तानसेन नगर कमिटीद्वारा पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ कार्यक्रममा उनले पहिलो काम समृद्ध नेपाल बनाउनुपर्ने अवस्था रहेकाले संविधानका सीमा हेरफेरको बहस उचित नभएको उल्लेख गरे ।

उनले नेकपा नेतृत्वको सरकारले जनताका आशा र भरोसाको विश्वास टुट्न नदिने बताए ।मन्त्री ज्ञवालीले संविधान जलाउने समूहलाई वार्ताबाट संविधान स्वीकार्य गर्ने बनाएको बताए । 

उनले नेकपाप्रति जनताको भरोसा अझै रहेकाले यसलाई कायम गरी पार्टी र सरकार लाग्नुपर्नेमा जोड दिए । नेकपाका नेता सोमप्रसाद पाण्डेय र ठाकुर गैरेले पार्टी बलियो र व्यवस्थित गर्न अभियान सफल हुनुपर्ने बताए ।

नगर कमिटीले आजदेखि तीन महिना पार्टी जनसम्बन्ध विस्तार अभियान सञ्चालनमा ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप