बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चैत ३ गतेदेखि ११ गतेसम्म भक्तपुरमा दादुरा—रुवेला खोप अभियान

शनिबार, ०१ चैत २०७६, १८ : ५१
शनिबार, ०१ चैत २०७६

भक्तपुर । नेपाल सरकारले सन् २०२३ भित्रमा नेपाललाई दादुरा रुवेला मुक्त गरिने अभियानमा संचालन गरेको छ । यो अभियान अन्तर्गत चैत ३ गतेदेखि ११ गतेसम्म भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका ९ महिनादेखि ५ वर्षसम्मका बालवालिकालाई निःशुल्क दादुरा—रुवेला खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख एवं वरिष्ट जनस्वास्थ्य अधिकृत कृष्ण मिजारका अनुसार भक्तपुरका ३१ हजार ८ सय ७० बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । जसका लागि चार समूहमा स्वयंसेवक परिचालन गरिनेछ । यसका लागि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायकमा गरि चारवटा नगरपालिकामा १ सय ९८ वटा खोप केन्द्र रहने छन् । 
प्रत्येक वडामा कम्तीमा ९ वटा खोप केन्द्र संचालन हुनेछ भने प्रत्येक खोप केन्द्रमा कम्तिमा एक खोप कार्यकर्ता र २ जनाका दरले स्वयम् सेविका परिचालन हुनेछन् । 

यसका लागि ३ सय ९६ जना स्वयम् सेवक र ७१ जना खोप कार्यकर्ता परिचालन हुने स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । सरकारले सन् २०२३ सम्ममा अभियानले दादुरा रुवेला खोप कभरेज ९५ प्रतिशतभन्दा बढी पु¥याई दादुरा रुवेला निवारण गर्ने उद्देश्य राखेको छ । 
देशैभर हाल सञ्चालन भइरहेको खोप अभियानलाई सफल बनाउन भक्तपुरका चाँगुनारायण, सूर्यबिनायक, मध्यपुरठिमि र भक्तपुर नगरपालिकाले तयारी तीव्र पारेका छन् । 

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले दादुरा रुबेला खोप अभियानलाई सफल बनाउन सबै जनप्रतिनिधि, सम्पुर्ण बिद्यालय , संचारकर्मी, नगरप्रहरी समुदाय लगायत सबैको सहयोग गर्न अपिल गरेकी छिन् । 

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख एवं वरिष्ट जनस्वास्थ्य अधिकृत मिजारले पूर्ण खोप सुनिश्चित घोषणा भईसकेको भक्तपुरमा आब २०७५÷०७६ मा भएको जिल्लाको तथ्यांक अनुसार ८८ प्रतिशत बालवालिकाले खोप लगाए पनि ७४ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएको बताए । 

सूर्यविनायक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाईंले नगरपालिकाभित्रका ८ हजार ६ सय ५२ बालबालिका लक्षित संख्या रहेको जानकारी दिंदै महिला स्वास्थ्य स्वयम् सेबिका तथा स्वयम सेवक मार्फत ९ महिनादेखि ५ बर्षका बालबालिका भएको घरघरमा गई निम्तो कार्ड बितरण गरिएको बताए ।

नगरपालिका क्षेत्रभित्र ‘पूर्ण खोप लगाऔँ, बालबालिकालाई रोगहरूबाट सुरक्षित गराऔँ, नियमित खोप कुनै पनि नछुटाऔँ’ भन्ने नारासहित अन्य खोपको फाइदा समेटिएको जनचेतनामूलक कार्ड घर–घरमा पुगेर वितरण गर्ने काम भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप