शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मैदानमै हानाहान, एकै खेलमा ८ वटा रातो कार्ड

शनिबार, ०१ चैत २०७६, ११ : ११
शनिबार, ०१ चैत २०७६

दक्षिण अमेरिकाको ठूलो क्लब फुटबल प्रतियोगिता कोपा लिबेर्टाडोरेजको एउटै खेलमा आठ खेलाडीले रातो कार्ड पाएका छन् । समूह चरण अन्तर्गत शुक्रबार भएकोे ग्रेमिओ क्लब र इन्टर नासिओनलबीचको खेलमा रेफ्रीले दुवै टोलीका चार चारजना खेलाडीलाई रातो कार्ड देखाएका हुन् । 

खेल गोलरहित बराबरीमा सकिन लाग्दा अतिरिक्त समयमा दुवै तर्फका खेलाडी झगडामा उत्रिएका थिए । मैदानमा खेलाडीबीच एकले अर्कोलाई किक हान्न थालेपछि रेफ्रीले रातो कार्डको बर्षा गरेका थिए ।

खेलाडीबीचको झडपले केही समय मैदान रणमूमिमा परिणत भएको थियो । बराबरीसँगै समुह ‘ई’ मा रहेका यी दुवै टोलीले एक एक अंक बाँडेका छन् । समूहमा दुवैको समान चार अंक छ । कोपा लिबेर्टाडोरेजमा सर्वाधिक रातो कार्ड भएको भने यो दास्रो पटक हो । यसअघि सन् १९७१ मा बोका जुनियर र स्पोर्टिङ क्रिस्टलबीचको खेलका १९ खेलाडीले रातो कार्ड पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप