नाना पाटेकरको एनजीओद्वारा तनुश्रीमाथि २५ करोड क्षतिपूर्ती माग गर्दै मुद्दा दायर
फिल्म उद्योगमा ‘मीटू’ अभियान चलाएकी अभिनेत्री तनुश्री दत्तामाथि नाना पाटेकरको एनजीओ ‘नाम फाउन्डेशन’ ले २५ करोड क्षतिपूर्ती माग गर्दै मुद्दा दायर गरेको छ ।
यसका साथै, बम्बई उच्च अदालतले नाना पाटेकरको नाम र फाउन्डेशनमाथि कुनै पनि प्रकारको आरोप लगाउन नपाउने आदेश दिएको छ । यसअघि तनुश्रीले नाना पाटेकरको एनजीओमाथि पनि विभिन्न आरोप लगाएकी थिइन् ।
रिपोर्टका अनुसार उच्च अदालतमा दायर भएको निवेदनमा नाना पाटेकर र मकरन्द अनासपुरेले २०१५ मा सुरु भएको ‘नाम फाउन्डेशन’ ले सिँचाइको अभावमा गुज्रिरहेका किसानहरुको अवस्था सुधार्नको लागि काम गरिरहेको तर तनुश्रीले २०२० जनवरीमा एक पत्रकार सम्मेलनमा उक्त एनजीओमाथि पनि आरोप लगाएकोले एनजीओको प्रतिष्ठामा आँच आएको उल्लेख गरेका छन् ।
तनुश्रीले सन् २०१८ को अक्टोबर मा ‘हर्न ओके प्लीज’ को फिल्मको शुटिङको क्रममा गलत नियतले छोएको र यौन हिंसा गर्ने कोसिस गरेको आरोप लगाएकी थिइन् । आरोपपछि बलिउड निकै तातेको थियो । त्यसपछि तनुश्री अमेरिका गइन् । उनको आरोप गलत भएको नाना पाटेकरले दाबी गर्दै आएका छन् ।
केही समय अगाडि मात्रै नाना पाटेकरविरुद्ध कुनै ठोस प्रमाण जुटाउन नसकेपछि प्रहरीले उक्त आरोप गलत भएको ठहर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
‘पर्यटन बोर्ड’ को सीईओ बन्न मरिहत्ते: के छ आकर्षण ?
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म