बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाल भन्छन् - प्रधानमन्त्री तास खेलेर बस्ने ?

शुक्रबार, ३० फागुन २०७६, १७ : ३७
शुक्रबार, ३० फागुन २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पूर्वाग्रह कारवाही गर्नुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपालले भ्रष्टाचारका दोषीलाई पूर्वाग्रह नराखी कारवाही गर्न माग गरे ।

उनले तारा गाउँ, वाइडवडी, न्यारोवडीलगायतमा आर्थिक अनियमितताका कयौ प्रश्न उब्जिएकाले ती विषयमा सरकारले तत्काल अध्ययन अनुसन्धान गरी दोषीलाई कारवाही गर्नुपर्ने बताए ।

उनले भने, ‘तारा गाउँ, वाइडवडी र न्यारोबडी सबैमा अनेक किसिमका प्रश्नहरु खडा भएका छन् । वाईडवडीमा त देखा देखी बद्मासी छ । त्यो भइसकेपछि त्यसलाई छानविन, अगाडि बढाउने , कारवाहीको विषय बनाउने । जो सुकै होस् छोड्ने कुरा आउँदैन । जो सुकै जुनसुकै क्षेत्रमा होस् । आग्रह पालेर गर्नुपर्ने केही आवश्यकता छैन । पूर्वाग्रह पाल्नुपर्ने केही आवश्यकता छैन । दोषीले सँजाय भोग्नुपर्छ।’

उनले विकास निर्माण लगायतका आयोजनाहरु बनाउँदा दीर्घकालिन सोचका साथ कार्ययोजना बनाउन सुझाव दिए । छोटो समयमा नै असफल देखिने योजनाहरु बनाईएको भन्दै उहाँले संभावित आवश्यकता र प्रभावको आकलन गरेर योजना तर्जुमा गर्न आग्रह गरे ।

लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलमा बनाईएको एरोवृजको उदाहरण दिँदै त्रिभुवन अन्तराष्ट्रिय विमास्थलको जग्गा प्रयोग, बालुवाटारको प्रधामन्त्री निवास र मन्त्री क्वाटरका भवन निर्माणमा पनि दीर्घकालिन सोच राख्न नसकिएको बताए ।

उनले भने, ‘कति आउछन् लुम्बिनीमा त्यो सबै सोचेर बनाए हुदैन ? त्यसको पार्ट वान अहिले लागू गराँै । पार्ट टु त्यसपछि लागू गरौँ । पार्ट थ्री त्यसपछि लागू गरौँ । पार्ट वानमा एरोवज छँदै छैन । त्यस्तै उदाहरण हो यो काठमाण्डौ त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट ।’

एयरपोर्टको सिंगो जग्गा कति विस्तार गर्न सकिन्छ भन्ने बारेमा परसम्मको सोच कहिलेही पनि नभएको उनले बताए । ‘हामी कहाँ सबै कुराहरुमा सोच छैन । पुल बनाउदा त्यस्तै छ । घर बनाउँदा पनि त्यस्तै छ ।’
बालुवाटार समेत प्रधानमन्त्रीको अध्ययनका लागि कोठानै नभएको नेपालले बताए ।
 
‘बालुवाटारमा जाँदाखेरी देखेँ । प्रधानमन्त्रीले पढ्ने कोठै छैन । प्रधानमन्त्री तास खेलेर बस्ने हो कि जुवा खेलेर बस्ने हो ? पञ्चायत कालमा त त्यो भयो भयो बहुदलकालमा त त्यस्तो नहुनुपर्ने । यस्तो छ हाम्रो देशमा । मन्त्री क्वाटर त्यस्तै हो।’

उनले टर्किस एयरलायन्सले काठमाण्डौमा लिने हवाई इन्धनको मूल्य अत्यन्तै बढी भएकाले उडान नै स्थगित गर्ने संभावना रहेकाले त्यसबारे मन्त्रालयको ध्यानाआकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप