शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले आईपीएल पनि सर्‍यो

शुक्रबार, ३० फागुन २०७६, १७ : ०९
शुक्रबार, ३० फागुन २०७६

एजेन्सी ।  कोरोना भाईरसका कारण चैत १६ गतेदेखि सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल) सरेको छ । कोरोना भाईरसको सन्त्रासका कारण आईपीएल केही समय पर सारिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ । आईपीएल अब बैशाख ३ गतेदेखि सुरु हुनेछ ।

आईपीएल दर्शकविना खाली स्टेडियममा सञ्चालन गरिने पनि बीसीसीआईले उल्लेख गरेको छ । बीसीसीआईले आईपीएलमा सहभागी फ्रेन्चाइज टोलीसँगको छलफलपछि आईपीएल सारेको हो । भारत सरकारले वैशाख ३ गतेसम्म सबै भिसा बन्द गरेको छ । भारत सरकारले कोरोना भाईरसबाट सजक रहन आगमी सुचना नआएसम्म दिल्लीमा कुनैपनि ठूला खेलकुद गतिबिधी सञ्चालन नगर्न सुचना समेत जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप