जिम बाहिर ‘बडी सुट’मा देखिइन् मलाइका अरोडा, सोसल मिडिया प्रयोगकर्ताले भने, ‘उमेरको ख्याल गर’
मलाइका अरोडाको जिम लुक समय समयमा चर्चाको केन्द्रमा हुने गर्छ । हालै उनलाई पुनः जिम बाहिर देखियो जहाँ उनले स्किन कलरको बडीसुट लगाएकी थिइन् । यो स्पोर्टस् वेयर रिबक एक्स डेविड बेकहम सिरिज हो । मलाइकाको बडीसुटमा तस्बिर र भिडियो सोसल मिडियामा सार्वजनिक भएपछि प्रयोगकर्ताले उनलाई ट्रोल गर्न सुरु गरे ।
मानिसहरुले भने, सस्तो किम कार्दासियनः
सोसल मिडियामा मलाइका बारे भद्दा कमेन्ट पनि आए । ट्रोलरले उनलाई सस्तो किम कार्दासियनसमेत भनेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘अहिलेसम्मको सबैभन्दा घटिया आउटफिट ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘लाजै नभएकी, उमेरको ख्याल त गर ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘बलिउडका कारण हामी आफ्नो संस्कृति र सभ्यता गुमाउँदै गएका छौं ।’
दिवा योगाकी मालिक हुन् मलाइकाः
४६ वर्षकी मलाइका फिटनेस प्रेमी हुन् । उनी जिममा वर्कआउटबाहेक योगा पनि गर्छिन् । मलाइका डाइटलाई ध्यानमा राखेर आउटडोर स्पोर्टस् पनि खेल्छिन् । दैनिक आधा घण्टा स्विमिङ, साइक्लिङ र जगिङ पनि । फिटनेस तालिकामा योगा, डान्स, वेट ट्रेनिङ, किक बक्सिङ पनि समावेश छ । मलाईकाले मुम्बईमा दिवा योगा नामको योगा स्टुडियो पनि खोलेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना