बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनुहारको अनावश्यक रौं फाल्न एउटा घरेलु उपाय

शुक्रबार, ३० फागुन २०७६, १२ : ०८
शुक्रबार, ३० फागुन २०७६

महिलाहरुको अनुहारमा आउने स–साना रौंहरुले धेरैलाई दुख दिइरहेको हुन्छ । कसैको अनुहारमा अत्याधिक मात्रामा देखिने गरी नै रौंहरु पलाएर समस्या पारिरहेको हुन्छ । 

अनुहारमा थोरै मात्रामा रौं भएको खण्डमा ब्लिच गरेर पनि त्यसलाई लुकाउन सकिन्छ तर धेरै रौं हुनेहरुका लागि ब्लिज प्रभावकारी हुँदैन । 

धेरै रौं हुनेहरुले विभिन्न माध्यमबाट रौं उखेलेर फाल्ने गर्छन् । तर यसको लागि केही प्राकृतिक उपायहरु पनि छन् । जसले विस्तारै – विस्तारै रौंहरु कम गर्दै लैजान्छ । 

प्राकृतिक रुपमा रौं फाल्न के गर्ने त ? 
एक चम्चा बेसनको पिठो, एक चम्चा चिनीको धुलो र एक चम्चा कागतीको रस मिसाउने र त्यसलाई अनुहारमा लगाउने । उक्त प्याक लगाएर सुख्खा भएपछि भिजेको कटनको कपडाले प्याक लगाएको विपरित दिशाबाट रगड्दै निकाल्ने । अनुहारको जुन ठाउँमा धेरै रौं छ त्यहाँ प्याक बाक्लो गरेर लगाउने । 

अनुहारमा धेरै मात्रामा रौं छ भने हप्तामा ३ पटक वा २ पटक प्रयोग गर्ने । यसले विस्तारै रौं हराउँदै जान्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप