शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्कृष्ट अभिनयका कारण जसले पाए महङ्गा उपहार

शुक्रबार, ३० फागुन २०७६, १० : ०८
शुक्रबार, ३० फागुन २०७६

बलिउडमा केही कलाकारहरुले उत्कृष्ट अभिनयका कारण निकै महङ्गा उपहार पाएका छन् । बलिउडमा कुनै – कुनै सुपरस्टारले आफ्नो फिल्ममा भएका अभिनेता र अभिनेत्रीसँग प्रभावित भएर निकै महङ्गो उपहार दिने गरेका छन् । 

यस्ता केही अभिनेता तथा अभिनेत्री छन् जसलाई उत्कृष्ट अभियनका कारण महङ्गो उपहार प्राप्त भएको थियो ।

कैटरीना कैफ
फिल्म ‘अग्निपथ’ को गीत ‘चिकनी चमेली’ मा कैटरीनाले गरेको नृत्यका कारण निर्देशक करण जौहरले उनलाई फरारी उपहार दिएका थिए । यो गीत अझैसम्म पनि उत्तिकै लोकप्रिय रहेको छ । 

अमिताभ बच्चन
प्रोड्युसर तथा निर्देशक विधु विनोद चोपडा लामो समयसम्म बलिउडमा राज गरेका अमिताभ बच्चनसँग काम गर्न चाहान्थे । त्यसपछि उनले एकलव्य फिल्ममा काम गर्ने मौका पाए । बच्चनसँग काम गर्न पाएकोमा निकै खुशी भएका उनले ३.५ करोड पर्ने रोल्स रोयस कार उपहार दिए ।

प्रभास
बाहुबली फिल्मबाट रातारात सुपरस्टार बनेका प्रभासलाई बाहुबली फिल्मको लागि फिल्म निर्माताले शरीर सुगठित बनाउन १.५ करोड दिए र प्रभासले घरमा नै जिमखाना बताए र जिम गरे ।

अर्जुन रामपाल, रजनीकान्त र अनुभव सिन्हा 
बलिउडका राजा शाहरुख खानले आफ्नो फिल्म रा वानको लागि अर्जुन रामपाल, साउथका सुपस्टार रजनीकान्त र अनुभव सिन्हालाई  बीएमडब्ल्यू ७ सेरिजको कार उपहार दिएका थिए ।

एबीगेल इमास
अजय देबगनले आफ्नो फिल्म ‘शिवाय’ को लागि उनको छोरीको भूमिका निभाएकी एबीगेल इमासको लागि २००० खेलौना उपहार दिएका थिए ।

किच्चा सुदीप
सलमान खानको हालै रिलीज भएको फिल्म ‘दबंग –३’ मा भिलेन बनेका अभिनेता किच्चा सुदीपलाई सलमानले बीएमडब्ल्यू कार उपहार दिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप