शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करिश्माका छोराले सौतेनी आमाबाट पाए बधाईः प्रियाले लेखिन्, ‘तिमीलाई दाइको रुपमा पाउँदा मेरो छोरो भाग्यमानी’

शुक्रबार, ३० फागुन २०७६, ०९ : ४२
शुक्रबार, ३० फागुन २०७६

करिश्मा कपुरका छारा कियानको १२ मार्चमा १० औं जन्मदिन हो । यो मौकामा संजय कपुर (करिश्माका पूर्व श्रीमान्) की श्रीमती प्रिया सचदेव कपुरले एक पोस्ट लेख्दै उनलाई जन्मदिनको बधाई दिए । आफ्नो मेसेजसँगै प्रियाले एउटा फोटो पनि सेयर गरिन् जसमा कियान आफ्ना हाफ–ब्रदर अजारियस (संजय प्रियाका छोरा) सँग देखिएका छन् । यसको एकदिन अघि प्रियाले कियानकी दिदीको जन्मदिनमा पनि यसैगरी शुभकामना दिएकी थिइन् ।

कियानका लागि लेखिएको प्रियाको पोष्टले भन्छछ, ‘कियान तिमीलाई १० औं जन्मदिनको शुभकामना । तिम्रो जन्मदिन खुसीले भरिपूर्ण होस् । यो विशेष तस्बिर पोष्ट गरिरहेकी छु जसमा तिमी र तिम्रो सानो भाइ अजारियस देखिएका छौ । तिमीजस्तो दाइ पाउँदा ऊ निकै भाग्यमानी छ ।’ प्रियाको यो पोष्टमा थुप्रै प्रशंसकले उनलाई निकै राम्री आमा र महिला बताएका छन् ।

एकदिन अघि छोरीलाई पनि शुभकामना दिइन्ः

यसको एकदिन अघि अर्थात् ११ मार्चमा करिश्माकी छोरी समायराको जन्मदिन थियो । यो मौकामा पनि प्रियाले पोष्टमार्फत् उनलाई शुभकामना दिएकी थिइन् । प्रियाले लेखेकी थिइन्, ‘हाम्री प्रियलाई जन्मदिनको शुभकामना । वाह, आज तिमी १५ वर्षकी भयौ । तिमी एक उत्कृष्ट र सुन्दर युवती हुन हुर्किरहेकी छौ... प्रिय, हामी सबैलाई तिमीमा गर्व छ र हामी तिमीलाई असाध्यै माया गर्छौं  ।’

यो पोष्टसहित प्रियाले तीनवटा फोटो सेयर गरेकी छिन् जसमध्ये दुईमा समायरा आफ्नो भाइ अजारियस (संजय प्रियाका छोरा) सँग देखिएकी छिन् भने एउटामा उनी सफाइरासँग देखिएकी थिइन् । सफाइरा प्रियाको पहिलो विवाहबाट जन्मिएकी सन्तान हुन् ।’

प्रियाले संजयसँग दोस्रो विवाह गरेकी हुन्ः

प्रिया सचदेवले संजय कपुरसँग दोस्रो विवाह गरेकी हुन् । उनको पहिलो विवाह विक्रम चटवालसँग भएको थियो । उनीहरुको १३ वर्षकी छोरी सफाइरा छिन् । सफाइरा आफ्नी आमासँग बस्छिन् । यस्तै संजय कपुरसँग उनका छोरा अजारियस न् जुन १५ महिनाका छन् । प्रियाको सम्बन्ध करिश्माका दुबै सन्तान समायरा र कियानसँग निकै राम्रो छ । यी दुई संजयको घरमा गइरहन्छन् । प्रियाको इन्स्टाग्राममा चारै बच्चासँगका थुप्रै फोटो छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप