बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरस्थित पोखरीमा भेटियो युवतीको शव

शुक्रबार, ३० फागुन २०७६, ०९ : ४०
शुक्रबार, ३० फागुन २०७६

जनकपुर । जनकपुरमा एका विहानै एक युवतीको शव बरामद भएको छ । प्रदेश नम्बर–२ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित गोरधोई पोखरीमा एक युवती मृत अवस्था बरामद भएको हो ।

विहान मर्निंग वाकको क्रममा निस्कदा स्थानीयले खेरी पोखरीमा तैरिरहेको अवस्थामा युवतीको शव देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार मृतक अन्दाजी २५ वर्षीया रोशनी खातुन हुन् । उनले नेपाल टेलिकमको अफिस कपडा पसल सञ्चालन गर्दै आएको स्थानीयको भनाइ छ ।

यद्यपि, प्रहरीले भने मृतक युवतीको नाम, ठेगानाबारे अनुसन्धान भइरहेको बताएको छ । नायब प्रहरी उपरिक्षक रामेश्वर कार्कीले युवतीको हत्या वा मृत्यु भएको भन्ने कुरा अहिले नै भन्न नमिल्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप