बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इटालीको साम्पडोरिया क्लबका स्ट्राइकरमा देखियो कोरोना भाइरसको संक्रमण

शुक्रबार, ३० फागुन २०७६, ०८ : २४
शुक्रबार, ३० फागुन २०७६

साम्पडोरियाका स्ट्राइकर मानोलो गियाब्बिदिनाइमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

साउथ्याम्पटनमार्फत् प्रिमियर लिग खेलेका २८ वर्षे मानोलालाई कोभिड–१९ को संक्रमण देखिएपछि आइसोलेशनमा राखिएको छ ।

साम्पाडोरिया क्लबले एक वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएको हो ।  वक्तव्यमा भनिएको छ, ‘यूसी साम्पडोरियाले खेलाडी मानोलो गियाब्बिदिनाइमा कोरोना भाइरस–कोभिड–१९ संक्रमण देखिएको घोषणा गर्छ ।’

‘उनलाई हल्का ज्वरो आएको छ तर अवस्था राम्रै छ । क्लबले आइसोलेशनको नियम लागू गरेको छ ।’

मानोला इटालीका अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनले न्यापोली र बोलोग्नाका लागि पनि खेलिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप