बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ला लिगाका खेल स्थगित, रियलका खेलाडी क्वारेन्टाइनमा

बिहीबार, २९ फागुन २०७६, २१ : ४६
बिहीबार, २९ फागुन २०७६

एजेन्सी । कोरोना भाइरसका कारण स्पेनिस ला लिगा फुटबलका खेलहरु स्थगित भएका छन् । स्पेनिस फुटबल संघले कोरोनाको सन्त्रासका कारण ला लिगाका दुई चरणको खेल तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

ला लिगाको खेल स्थगित भएसँगै रियल म्याड्रिडका खेलाडीलाई क्वारेन्टाइनमा पठाईएको छ । रियलका बास्केटबल खेलाडीमा कोरोनाको संक्रमण देखिएपछि फुटबल खेलाडीलाई समेत क्वारेन्टाइनमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

बास्केटबल खेलाडी र फुटबल खेलाडीले ट्रेनिङ सामग्री एउटै प्रयोग गर्दै आएकाले फुटबल खेलाडीलाई पनि क्वारेन्टाइनमा राखिएको हो । रियलका खेलाडी क्वारेन्टाइनमा बसेपछि च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनल अन्तर्गत रियल र इङ्लिस क्लब म्यानचेस्टर सिटीबीच मंगलबार हुने दोस्रो लेग समेत रोकिने सम्भावना छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप